शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
मिलन लामाले तताए 
दुबई – दुबईमा दशैंको अवसरमा गुरुङ भाषाको चलचित्र “ओईलिएको फुल” को प्रदर्शन गरिएको छ । 
टिका जमरा लगाएर विभिन्न साँस्कृतिक कार्यक्रमका साथ नायक, गायक तथा निर्देशक मनोज गुरुङको गुरुङ भाषाको चलचित्र “ओईलिएको फुल” को प्रदर्शन गरिएको हो ।
लमजुङ सम्पर्क समिति युर्एइ, तमु समाज युर्एइ र तमु प्ये ल्हु संघ युर्एइको संयुक्त आयोजनामा गत शुक्रबार दुबईको होली डे इन होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको मुख्य आकर्ष युएइमा तमुहरुको जेष्ठ तथा बृद्ध आमा गंगामति तमुस्योको हातबाट टिका र जमरा लगाउदै आसिरबाद लिएका थिए । गुरुङ भाषाको “माया पिरती थिनो शिरमाथि” गीतमा स्थानीय चर्चित नृत्यकार दीपक गुरुङ र सपना गुरुङको युगल जोडी नृत्यबाट दर्शकलाई तताउन सुरु गरेको थियो । “मेरो नेपाल मेरो देश, मलाई लाग्छ प्यारो” राजेश घलेको देश भक्ति गीत र “तिर्खा लाग्यो पानी खांए” गीतमा नमुना गुरुङको नृत्यलाई दर्शकहरुले निकै मन पराए ।
त्यसैगरी अतिथि कलाकार गायक, नायक र निर्देशक मनोज गुरुङको गीत “यहाँ देशको छ चिन्ता”, गुरुङ भाषाको गीत “छले छ्यावा” को प्रस्तुति लगत्तै “फुल मंजरीले” गीतमा सपना गुरुङको नृत्य, “चोरी भो चारी भो” भन्ने गीतमा दीपक गुरुङको नृत्यलाई सबैले मन पराए । “जय जगदीश हरे” गीतमा महेश गुरुङको हाँस्य नृत्य, मनोज गुरुङ र मसिना गुरुङको संयुक्त नृत्य, “कैलाशबाट जोगी है झर्‍यो” सालै जो गीतमा दीपक गुरुङ र मेघ थापाको नृत्यले पनि सबैलाई मनोरञ्जन दिएको थियो ।
साँस्कृतिक माहौलले भरिएको हल सेलाउन नपाउदै नेपालबाट आएका चर्चित तथा ख्यात्रि्राप्त लोक गायक मिलन लामाको स्टेजमा प्रवेश गर्नासाथ स्वागतमा सिटीले गुञ्जिएको थियो । मिलन लामाको प्रस्तुति “घरमा पराल बारीमा बन्सो” र “माझी दाई पोखरा फेवा तालको” गीतले एकै छिनका लागि सम्पूर्ण दर्शकलाई फेवा तालमा घुमाउन सफल भएका थिए । “लालु पाते फुल छैन रुख मात्रै, बेसारेको मन छैन मुख मात्रै” को गीतमा सबैलाई उठेर नाच्न बाध्य गराएको थियो ।
सांस्कृतिक कार्यक्रम समापनपछि गुरुङ भाषा र सँस्कृतिमा आधारित गायक, नायक तथा निर्देशक मनोज गुरुङको गुरुङ चलचित्र “च्हयाल्याब ट” “ओईलिएको फुल” प्रदर्शन गरिएको थियो ।  ***
Dashain & Film Show Image 8 Dashain & Film Show Image 1 Dashain & Film Show Image 2 Dashain & Film Show Image 3 Dashain & Film Show Image 4 Dashain & Film Show Image 5 Dashain & Film Show Image 6 Dashain & Film Show Image 7

तपाईको प्रतिक्रिया