शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराई हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू शाह तथा मधेसका २२ जिल्लाले निर्णय गरे मुलुक टुक्र्याउन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएका रक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा गराउने मनस्थितिमा रहेका छन् ।
दुवै मन्त्रीलाई राजीनामा गराउनेबारे प्रधानमन्त्री भट्टराईले आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नयाँबजारमा छलफल भएको छ । राजीनामा वा अर्को कुनै विकल्पबारे दुई नेताबीच छलफल भएको बुझिएको छ ।
प्रचण्डले माओवादीका तर्फबाट मन्त्री भएका शाहलाई हटाउन सहमति जनाए रक्षामन्त्रीलाई राजीनामा गराउनेबारे प्रधानमन्त्रीले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारसँग छलफल गर्नेछन् ।
सत्तारुढ माओवादी र मधेसी मोर्चाबीच दुवै मन्त्रीलाई राजीनामा गराउने/नगराउने निर्णय सम्बन्धित दलले गर्ने निर्णय गरेको थियो । राजीनामा नगराएसम्म सदन चल्न नदिने प्रतिपक्षीको दबाबका कारण प्रधानमन्त्री थप संकटमा परेका छन् । ***

तपाईको प्रतिक्रिया