मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण ५ गते भौमबार नेपाल सम्बत ११४१ दिल्लाथ्व,सन् २०२१ जुलाई २० तारिक शुक्लपक्ष एकादशी तिथि अपरान्ह ४ वजेर ४९ मिनेटसम्म ( जापानमा राती ८ वजेर ४ मिनेटसम्म) ,अनुराधा नक्षत्र साँझ ७ वजेर ५ मिनेटसम्म (जापानमा राती १० वजेर २० मिनेटसम्म), शुक्लयोग,वणिजकरण,आनन्दादियोग वज्र,सूर्य कर्कट राशिमा,चन्द्रमा वृश्चिक राशीमा । योगिनी आग्नेय दिशामा, काल पश्चिम दिशामा र पाश पूर्व दिशामा, चन्द्रमा उत्तर दिशामा शुक्र पश्चिम दिशामा रहने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा सन्तोषजनक प्रगति हुने छैन । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पठन पाठन कार्यमा अवरोध आउन सक्छ । मुखको सहयोग पाईनेछ तर व्यवहारिक सहयोग पाईने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन शुभ देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । गरेका काम प्राय सफल हुने छन् । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर अगाडि बढ्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । ऋणमा काम नगर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । काम गर्दा गोपनीयता अप्नाउनु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चिन्ता घट्नेछ । समस्या कम हुनेछन् । समयमा निर्णय लिएर अगाडि बढ्नु होला नत्र अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारबाट थोरै आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): घर परिवारलाई समय धेरै दिदा उपलब्धिका काम रोकिने छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधि बढि हुनेछन् । आफुलाई दयाँ माया गर्ने कोहि हुने छैन तर आफुले हेर्नु पर्ने अवस्था आउन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समस्या कम हुनेछन् । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । बन्धु वर्गादिबाट सहयोग मिल्नेछ । आर्थिक विषयलाई लिएर आश्वासन दिने लिने काम दुवै गलत सावित हुने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रह,गोचर ठीकै ठीकै देखिन्छ । समस्या कम हुनेछन् तर मुक्ति पाईने छैन । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । हतारमा कुनै निर्णय नलिनु होला । लगनशिल भई गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । बोलीको प्रभावकारीता थोरै पर्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दुविधा हट्ने छन् । अनावस्यक खर्चमा कमि आउनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय त्यति अनुकुल देखिन्न । नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । व्यर्थको घुमाई फिराई बढि होला । संचित धनमा ह्रास आउनेछ भने अतिथि सत्कार खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समग्रमा दिन राम्रै देखिन्छ । अस्थिर मन लिएर काम नगर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने पुरानो बक्यौता रकम उठ्नेछ । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । सुखद समाचार सुन्न पाईनेछ । घरमा मांगलिक काम हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । गएका ठाँउमा मान सम्मान मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): योजना बनाएर अगाडि बढ्नु होला । भाग्यले थोरै साथ दिनेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य लगनशिलता बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सामाजिक काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । लेनदेनमा सुधार आउनेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया