मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मध्यान्हसम्म समय प्रतिकुल हुनसक्छ । अपरान्ह देखि समयमा क्रमिक सुधार आउनेछ । काममा प्रगति हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  पूर्वान्हमा गरेका काम सफल हुनेछन् भने मध्यान्ह पछि अवरोध आउनेछ । सम्भावना क्षीण हुनेछन् । काम गरेर अपयश मात्रै मिल्नेछ । अनावस्यक खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयग्रमा दिन अनुकुल नै देखिन्छ । आफुले नसोचेका ठाँउबाट धन हात पर्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मध्यान्ह पछि समयले साथ दिनेछ । रोकिएका कामले गति लिनेछ । सामाजिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कामको अवसर आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा पूर्ण सुधार आउने देखिन्न । अनुकुल कमै देखिन्छ । आफ्ना काम भन्दा अरुका काम बढि हुनेछन् । धर्म प्रति रुची बढ्ने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  प्रातकालमा गरेका काम सफल हुनेछन । अपरान्हबाट दिन प्रतिकुल बन्दै छ, स्वास्थ्यमा समस्या आउन सक्छ । बन्न लागेका काम पनि विग्रिने छन्।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आशा गरे भन्दा राम्रो प्रगति हुनेछ । नयाँ कामको सुअवसर आउन सक्छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । लोभ मोह बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  हेलचक्र्याई नगरि काम गर्नु पर्ने देखिन्छ । अरुको विश्वासमा काम नगर्नु होला धोका हुनसक्छ । विरोधीको सक्रियता बढ्ने हुदा सचेत भई काम गर्नुहोला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मनमा दुविधाले डेरा जमाउनेछ । स्वास्थ्यको र लेनदेन कारोवारको चिन्ताले सताउनेछ । आम्दानीको तुलनामा खर्च ज्यादा हुने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पूर्वाद्ध अनुकुल पराद्र्ध प्रतिकुल छ । घरयासी समस्या बढ्नेछन् । मनमा नानाथरिका कुरा खेल्नेछन् । व्यापार व्यवसायमा अवनति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयको गति सगै सुधार आउनेछ । काम गर्ने वातावरण थोरै मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आत्मबल आत्मविश्वास बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिनको पूर्वाद्ध जति अनुकुल देखिन्छ पराद्र्ध देखिदैन । आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । पारिवारिक वातावरण प्रतिकुल हुन सक्छ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया