शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण ७ गते विहिबार नेपाल सम्बत ११४१ दिल्लाथ्व,सन् २०२१ जुलाई २२ तारिक शुक्लपक्ष त्रयोदशी तिथि मध्यान्ह १२ वजेर २ मिनेटसम्म ( जापानमा अपरान्ह ३ वजेर १७ मिनेटसम्म ),मूल नक्षत्र अपरान्ह ३ वजेर ५७ मिनेटसम्म (जापानमा साँझ ७ वजेर १२ मिनेटसम्म),ऐन्द्रियोग, तैतिलकरण, आनन्दादियोग धूम्र, सूर्य कर्कट राशिमा,चन्द्रमा धनु राशीमा । योगिनी दक्षिण दिशामा, काल दक्षिण दिशामा पाश उत्तर दिशामा, चन्द्रमा पूर्व दिशामा शुक्र पश्चिम दिशामा रहने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय सुधारोन्मुख देखिन्छ । तनावमा कमि आउनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । पुराना समस्या विस्तारै समाधान हुनेछन् । सजग भएर अगाडि बढ्नु होला,काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ । फलदायी यात्राको सम्भावना देखिन्छ । लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सयम प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिने देखिन्छ । इज्जतमा दाग लगाउन खोज्ने छन् सतर्क हुनु होला । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । कुरा भन्दा काममा जोड दिनु होला । पारिवारिक समस्या टरेर जानेछन् । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन संघर्षमा वित्नेछ । सहज रुपमा काम गर्न पाईने छैन । बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । परिश्रमको प्रतिफल राम्रै निस्कनेछ । काममा गोपनियता अप्नाउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा निर्णय लिन सकिएन भने आएको अवसर गुम्न सक्छ होशियार रहनु होला । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । अरुको भर परेर काम नगर्नु होला । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । बाह्य सम्बन्ध विग्रिन सक्छ सतर्क रहनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अनुकुल बातावरणमा काम गर्न पाईने छैन । देखिएका सम्भावना क्षीण भएर जानेछन् । मनमा अशान्ति बढ्नेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् । आलोचना सुन्नु पर्ला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सामान्यतया दिन अनुकुल देखिन्छ । घर बाहिर बसेर काम गर्दा बढि सहज हुनेछ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काम गर्न अरुको मुख ताक्नु पर्ने छैन । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बाणिज्य क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साथी भाई ईष्टमित्रको सहयोग मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सफलता असफलता तपाई आफ्नै हातमा रहेको हुदा सोच विचार अगाडि बढ्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने कामबाट बढि फाइदा लिन सकिनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । कुटनैतिक क्षेत्रमा सफलता बढि मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन प्रतिकुल रहेकोछ नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई झट्ट विश्वास नगर्नु होला धोका हुनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले सामान्यतया साथ दिने देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ,लाभान्वित पनि हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । सहयोग सामान्य खालको मिल्नेछ । धन लगानी गर्दा भने सोच विचार गर्नु होला । आफन्तसँग भेटघाट हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयले साथ दिनेछ । उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अवरुद्ध काम धेरै जसो फस्र्योट हुनेछन् । पढाईमा प्रगति हुनेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया