आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल आषाढ १९गते शनिबार नेपाल सम्बत ११४१ तछलागा तदनुसार सन् २०२१ जुलाई ३ तारिक कृष्णपक्ष नवमी तिथि साँझ ७ वजेर २४ मिनेटसम्म (जापानमा राती १० वजेर ३९ मिनेटसम्म), रेवती नक्षत्र विहान ९ वजेर ३ मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर १८मिनेटसम्म), अतिगण्डयोग,तैतिलकरण,आनन्दादियोग धाता,सूर्य मिथुन राशिमा,चन्द्रमा विहान ९ वजेर ३ मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर १८ मिनेटसम्म) मीन उप्रान्त मेष राशीमा । योगिनी पूर्व दिशामा,काल पूर्व दिशामा,पाश पश्चिम दिशामा,चन्द्रमा विहान ९-३ वजेसम्म (जापानमा मध्यान्ह १२-१८ वजेसम्म) उत्तर उप्रान्त पूर्व दिशामा र शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रातःकाल अशुभ नै देखिन्छ । मध्यान्हबाट समयले थोरै साथ दिनेछ । गुमेको ठाँउ पुन प्राप्त हुनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । खर्चमा थोरै कमि आउनेछ । मान्यजनको सहयोग सहानुभुति मिल्नेछ । वैदेशिक काममा बढि दखल हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शारीरिक शिथिलता बढ्नेछ । काम काजमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । धन सम्पतिको नास हुनसक्छ । व्यर्थको घुमाई हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आफन्तबाट नै विरोधीको व्यवहार हुनसक्छ । परिश्रमको मुल्य पाईने छैन । आस्था र विश्वास घट्नेछ । तनाव बढ्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समय सामान्य अनुकुल देखिन्छ । आम्दानीका हिसावले दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । कार्य लगनशिलता बढाउनु होला । प्रयत्न गर्नु भयो भने उधारो रकम उठाउन सकिनेछ । कामको विचमा सहयोग गर्ने पनि भेटिने छन् । प्रलोभनमा पार्न सक्छन् सतर्क रहनुहोला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): असहज स्थिति पार गरेर सहज स्थितिमा प्रवेश गरिनेछ । राकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नोकरी तथा राजनीतिमा कार्यभार थपिन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्न पर्ला । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमतामा वृद्धि हुनेछ । सहयोगी हात भेटिने छन् । उत्साहा थपिनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पूर्वान्ह कमजोर देखिन्छ । मध्यान्हबाट समयमा थोरै सुधार आउनेछ । तनावमा कमि आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि दखल हुनेछ । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । वोलीको मुल्याङ्कन हुने छैन । आशा र भरोसामा काम नगर्नु होला । पढाईमा रुची बढ्नेछ । धार्मिक काममा सक्रियता बढ्नेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । काम गर्ने वातावरण खलबलिनेछ । दुर्जनहरुको सक्रियता बढ्नेछ भने सहयोगी हात पन्छिने छन् । दैनिका काममा समस्या आउन सक्छ । मानसिक तनावमा वृद्धि हुनसक्छ । खर्च बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । खर्चमा वृद्धि हुने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिन सक्छ । लोभ मोह बढ्नेछ । प्रयत्न गर्नु होला नयाँ काम हात पार्न सकिनेछ । पुरानो विवादको टुङ्गो लाग्नेछ । दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुने देखिन्छ । यात्रा हुनसक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): संघर्षको बाटो तय गर्नु होला सहज रुपमा कहि केहि हुने छैन । सवैलाई मित्र ठान्नु गलत हुनेछ । अरुको भर विश्वासमा काम गर्नु भयो भने आएको अवसर पनि गुक्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । राजनीति तथा नोकरीमा कार्य भार थपिनेछ । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । लगानीमा जोड नदिनुहोला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): द्विविधामा नपरि काम गर्नु होला । लेनदेन कारोवारले टाउको दुखाउनेछ । इच्छाशक्ति मरेर आउनेछ । वोलीको अनर्थ लाग्न सक्छ । आफन्त पराई हुनसक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा रुची बढ्नेछ । शैक्षिक तथा वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । धन दिएर मित्र टाढा बनाउने काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मन पाक्ने छ,तन थाक्नेछ,निराशा बढ्नेछ । भावनामा बगेर केहि काम नगर्नु होला । आफ्नो धन खर्च गरेर अरुलाई सहयोगको कुने अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । मन विसाउने चौतारी मिल्ने छैन । कार्य क्षमतामा ह्रास आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आलस्यता घट्नेछ,उद्योग,पराक्रम बढ्नेछ । नयाँ नयाँ कामको अवसर नआउला भन्न सकिन्न । धार्मिक काममा धन खर्च हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पु-याउनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रातकाल जति अपरान्ह काल अनुकुल हुने छैन । धैर्यता पूर्वक कुटनैतिक विधि अप्नाएर काम गर्दा राम्रो होला । आर्थिक कारोवारमा विशेष ध्यान दिनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । श्रम अनुसारको प्रतिफल मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य मुनाफा हुनेछ । पढाईमा भने अरुची बढ्नेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया