शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल आषाढ ५गते शनिबार नेपाल सम्बत ११४१ तछलाथ्व,सन् २०२१ जून १९ तारिक शुक्लपक्ष नवमी तिथि अपरान्ह २ वजेर ३४ मिनेटसम्म(जापानमा अपरान्ह ५ वजेर ४९ मिनेटसम्म ),हस्ता नक्षत्र अपरान्ह ५ वजेर ७ मिनेटसम्म ( जापानमा राती ८ वजेर २२ मिनेटसम्म ), वरियनयोग,कौलवकरण,आनन्दादियोग मृत्यु,सूर्य वृष राशिमा,चन्द्रमा २० तारिक विहान ४ वजेर २९ मिनेटसम्म ( जापानमा अहोरात्र ) कन्या उप्रान्त तुला राशीमा । योगिनी पूर्व दिशामा,काल पूर्व दिशामा पाश पश्चिम दिशामा । चन्द्रमा दक्षिण दिशामा शुक्र पश्चिम दिशामा दिन भर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): उद्योग,धन्दामा लगानी धेरै नबढाउनु होला । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । श्रमको मूल्य लिन निकै संघर्ष गर्नु पर्नेछ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र लाभ लिन सकिनेछ । असहयोग गर्नेको जमात बढि नै हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): स्थिर भएर काममा लाग्नु होला । लगनशिल भएर गरेका कामबाट मात्र लाभ लिन सकिनेछ । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेमिकाबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । सहयोग गर्ने कमै भेटिने छन् । व्यापारबाट थोरै आम्दानी हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): माल समान हराउने वा चोरी हुने सम्भावना बढि देखिन्छ सतर्क हुनुहोला । आफन्त सँगको विश्वास गुम्न सक्छ । समस्याबाट पीडित हुनुहुनेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आपसमा मनमुटाव बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको कुरा सुनेर कुनै काम नगर्नु होला असफलता मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । मिलेर कुनै कुरा नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय सुधारोन्मुख देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा तल पर्न सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): संवेदनशिल भएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ तर लगानी गर्दा विचार पु¥याउनु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । इष्टमित्र सकरात्मक हुनेछन् । घर खर्च बढि नै होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने वातावरण अझै बन्ने छैन । सोचाईका विपरित काम हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । हेलचक्र्याई गरेर काम गर्दा दुःख पाईनेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । राज्यसँग सरोकार रहेका विषयमा आज अगाडि नबढ्नु होला । नगरेका कामको दोष लिनु पर्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): साथी भाईलाई दिएको धन फिर्ता हुनसक्छ । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आत्मिय मित्रबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता घट्ने छैन तर समयमा काम गर्न सकिएन भने उचित उपलब्धि हात पर्ने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सामान्यतया समयले साथ दिनेछ । काम काजमा प्रगति राम्रै हुनेछ । काम गरे अनुसारको लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् । विगतमा विग्रेको सम्बन्धमा सुधार आउनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा भने विचार पु-Xयाउनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय सुधारोन्मुख छ । विगतमा रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । धार्मिक काममा सहभागि हुने अवसर मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । जीवन साथीको सहयोग मिल्नेछ । बाह्य व्यक्ति सँग मिलेर कुनै काम नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा अझै सुधार आउने देखिन्न । असहज परिस्थितिमा काम गर्नु पर्ला । विगतका उपलब्धि गुम्न सक्छ सचेत रहनुहोला । आफन्त सँगको विश्वास र भरोसा टुट्ने छ । फजुल खर्च बढ्नेछ । कारोवारमा ध्यान दिनु होला, दिएको धन डुब्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार घाटा बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन सामान्तया अनुकुल नै देखिन्छ समयमा कार्य सम्पादन गर्न तिर जोड दिनु होला नत्र आएको अवसर पनि गुम्नेछ । वातावरण मिलाएर अगाडि बढ्नु पर्ने देखिन्छ । आर्थिक करोवारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । घर छोडेर जाने अवस्था आउन सक्छ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया