आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,शिशिरर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल माघ ७ गते बुधबार नेपाल सम्बत ११४१ पोहेलाथ्व,सन् २०२१ जनवरी २० तारिक पौष शुक्लपक्ष सप्तमी तिथि अपरान्ह १ वजेर ३७ मिनेटसम्म(जापानमा अपरान्ह ४ वजेर ५२ मिनेटसम्म), रेवती नक्षत्र अपरान्ह १ वजेर २४ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर ३९ मिनेटसम्म), सिद्धियोग, वणिजकरण, आनन्दादियोग उत्पाद, सूर्य मकर राशिमा, चन्द्रमा अपरान्ह १ वजेर २४ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर ३९ मिनेटसम्म) मीन उप्रान्त मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पूर्वान्हमा गरेका काम कम सफल हुनेछन् । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ । थोरै राहत मिल्नेछ । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । अरुको भर भने धेरै नपर्नु होला । रोकिएका कार्य योजना अगाडि बढ्ने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर पनि गुम्न सक्छ । पूर्वान्हमा व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मध्यान्ह पछिको समय तपाईको अनुकुल रहने छैन । विभिन्न समस्या आउने छन् । खर्चमा वृद्धि हुनेछ । विश्वासमा धोका हुनेछ । व्यापार घट्नेछ । मानसिक तनाव बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समग्रमा दिन अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले पूर्वान्ह ठीक देखिन्छ । सहज,सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । घरको वातावरण त्यति अनुकुल नहुन सक्छ । आपरान्ह आय आर्जनका हिसावले शुभ रहला । व्यापार व्यवसायमा सुधार आउनेछ । मित्रबाट सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पूर्वान्ह भन्दा अपरान्ह काल बढि अनुकुल हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई घाटा हुनसक्छ विचार पु¥याउनु होला । नोकरीमा नयाँ सम्भवना देखिनेछन् । पठन पाठनमा सामन्य प्रगति हुनेछ । तनावमा थोरै कमी आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सकरात्मक भन्दा नकरात्मक काम बढि हुने देखिन्छ । उपलब्धिका काममा अवरोध आउनेछ । आस्था र विश्वास घट्नेछ । विना उपलब्धिका काममा धन र समय लगानी हुनसक्छ । नकरात्मक सोच बढ्नेछ । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउनेछ । कामले थोरै गति लिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा विलम्ब गर्नु भयो भने अवसर गुम्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । विशेष गरेर मध्यान्ह पछिको समय आफ्नो अनुकल रहने छैन । बन्न लागेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । दुखद समाचार सुन्नु पर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कनेछ । लगनशिलता बढाउनु होला गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिने छन् । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राको योजना बन्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दुविधामा नपरि काम गर्नु होला अवस्य गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईका कारण टाउको दुख्नेछ । सहयोग गर्ने टाढा हुनेछन् । साना साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । विरोधीबाट आक्रमण हुनसक्छ सतर्क रहनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): धन सम्पति नास हुने योग छ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा हानी हुनसक्छ । पढाई लेखाईमा मन जाने छैन । विश्वास गरेकाले धोका दिने छन् । मध्यान्ह पछि समयले थोरै साथ दिनेछ । विचारमा परिवर्तन आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रातःकालमा गरेका धेरै जसो काम सफल हुनेछन् भने मध्यान्ह पछिको समय भने त्यति अनुकुल हुने छैन । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिन होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसा टुट्न सक्छ । समस्या बढ्ने छन् । पारिवारिक समस्या बढ्ने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयको गति सगै काममा प्रगति हुनेछ । लेनदेनका विषयमा भने सचेत हुन आवस्यक देखिन्छ । लगनशिलता बढ्नेछ । प्रतिद्वन्दी आफै पछाडि पर्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ । सामान्य खालको सहयोग मिल्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । विशेष गरेर मध्यान्ह पछि समय बढि अनुकुल हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयको ख्याल राखेर काम गर्नु होला । अलमलमा गोलमाल हुनसक्छ सचेत हुनु आवस्यक छ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । रमाईलोमा भुल्दा उपलब्धिका काम हिड्ने छन् । व्यापार व्यवसायमा मन्दि लाग्न सक्छ । अति विश्वास परेर काम नगर्नु होला ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया