आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल मंसिर २८ गते रविबार नेपाल सम्बत ११४१ कछलागा,सन् २०२० डिसेम्बर १३ तारिक कृष्णपक्ष चतुर्दशी तिथि राती १२ वजेर १४ मिनेटसम्म ( जापानमा राती ३ वजेर २९ मिनेटसम्म ),अनुराधा नक्षत्र राती १ वजेर ५३ मिनेटसम्म (जापानमा १४ तारिक विहान ५ वजेर ८ मिनेटसम्म), सुकर्मयोग, भद्राकरण, आनन्दादियोग मृत्यु, सूर्य वृश्चिक राशिमा, चन्द्रमा वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा सोचे जस्तो प्रगति हुने छैन । समय अनुकुल भन्दा प्रतिकुल बढि देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा धन बढि खर्च हुनेछ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिकत तनाव बढि हुनेछ । विश्वासमा अविश्वास थपिनेछ । शत्रु खोज्न टाढा जानु पर्ने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले साथ दिनेछ मिलिजुली काम नगर्नु होला । थोरै प्रयत्न गर्नु होला नयाँ कार्य योजना सजिलै अगाडि बढ्ने छन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विदेश यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । आफन्तको सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): साना साना काम सफल गर्न पनि धेरै संघर्ष गर्नु पर्नेछ । मेहनत गर्न पछि नपर्नु होला परिश्रमको अन्तिम फल मिठो निस्कनेछ । व्यवहारिक सहयोग मिल्ने छैन,अव्यवहारिक व्यक्ति भेटिने छन् । धन लिने दिने काम गर्दा सोच विचार गर्नु होला । दुष्टहरुको बक्रदृष्टि पर्नेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गरे जस्तो सोचे जस्तो काममा सफलता मिल्ने छैन । तर गरेका कामबाट आँशिक लाभ भने हुनेछ । दिएको धन डुब्न सक्छ । चिन्तन मननमा मात्रै धेरै समय नफाल्नु होला । प्रेम प्रस्ताव आउन सक्छ । व्यापार व्यवसाय मन्द गतिले अगाडि बढ्ने छन् । मिलिजुली कुनै काम गर्ने रहर नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): उपलब्धिका काममा भन्दा भेटघाट रमाईलोमा समय बढि खर्च हुनेछ । आफन्तका कारण धन खर्च हुनेछ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । विदेशको चहाना बढ्नेछ । पारिवारिक समस्या बढ्ने छन् । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): साहास,धैर्यता र पराक्रम बढ्नेछ । विज्ञान प्रविधि तथा अग्नि तत्व प्रधान कामबाट लाभान्वित हुनुहुनेछ । पुराना काम धेरै जसो फस्र्योट हुनेछन् । आफन्तको सहयोग मिल्नेछ । राजनीतिमा सक्रियता बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । वोलीको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आर्थिक संरचनालाई नचलाई काम गर्नु होला । आफन्त सँग भेटघाट हुनेछ । आफन्तका कारण धन नास हुनसक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । प्राविधिक काममा लगानी नबढाउनु होला । धनको सहयोग नगर्नु होला । कुराको सहयोग गर्दा हुन्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): गलत विचार र गतिरोधको अन्त्य हुनेछ । मान्यजनबाट काम गर्ने हौसला मिल्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्न सक्छ । प्राविधिक कामबाट लाभान्वित हुनुहुनेछ । ऋण लगानी नबढाउनु होला । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिन सक्छ,सचेत रहनु होला विगतका उपलब्धि गुम्न सक्छन् । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी खेर जान सक्छ । अनावस्यक विषय बस्तुमा समय लगानी हुनेछ । आफन्त सँगको विश्वास र भरोसा टुट्न सक्छ । फजुल खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयको सदुपयोग गर्नु होला,अलमलमा नपर्नु होला । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । थोर प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । जीवन साथिको सहयोगमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायमा प्रचुर सम्भावना देखिने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गतिरोध हट्नेछ । समयले साथ दिनेछ । विगतका समस्या समाधान भएर जानेछन् । कुरा काट्ने सहयोगको हात फैलाउने छन् । सामाजिक काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । वैदेशिक काम काजबाट लाभ हुनेछ । धार्मिक गतिविधि बढ्ने छन् । रमाईलो घुमफिर हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयमा विस्तारै सुधार आउनेछ तर रोकिएका कामले पूर्ण गति लिने भने देखिन्न । मानसिक तनावमा कमि आउनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । कला साहित्यतिर अभिरुची बढ्नेछ । छोटो दुरीको यात्राको सम्भावना देखिन्छ । आस्थामा चोट पुग्न सक्छ । भाग्यले कम साथ दिनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया