आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल मंसिर २७ गते शनिबार नेपाल सम्बत ११४१ कछलागा,तदनुसार सन् २०२० डिसेम्बर १२ तारिक कृष्णपक्ष त्रयोर्दशी तिथि राती २ वजेर २८ मिनेटसम्म (जापानमा द्वादशी तिथि विहान ८ वजेर २ मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि), विशखा नक्षत्र राती ३ वजेर २५ मिनेट सम्म (जापानमा स्वाती नक्षत्र विहान ८ वजेर ४ मिनेटसम्म उप्रान्त विशखा नक्षत्र),अतिगण्डयोग,गरकरण,आनन्दादि योग शुभ, सूर्य वृश्चिक राशिमा, चन्द्रमा राती ९ वजेर ४९ मिनेटसम्म (जापानमा राती १ वजेर ४ मिनेटसम्म) तुला उप्रान्त वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयको दुरुपयोग नगर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । कार्य क्षमता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । वैदेशिक कार्य सफल हुनेछन् । जीवन साथिबाट सहयोग मिल्नेछ । रजोगुण बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सहजता कतै महशुस गर्न पाईने छैन । काममा कडा रुपमा प्रशस्तुत हुनु होला । हल्लाका रुपमा कुनै कुरा नलिनु होला । सामान्य प्रयासबाट कार्य सम्पादन गर्न कठिनाई हुनेछ । परिश्रमको अन्तिम परिणाम राम्रो मिल्नेछ । आत्मबल र आत्म विश्वास बढ्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । व्यापार बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पठन पाठनमा सामान्य प्रगति हुनेछ । आन्तरिक भन्दा बाहिरी काममा चासो बढ्नेछ । समयलाई बुझ्ने प्रयास गर्नु होला यदि सकिएन भने पछि परिनेछ । आय आर्जनका क्षेत्र कमजोर देखिने छन् । लेनदेन कारोवारमा सचेत हुनु आवस्यक छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पाईला पाईलामा विचार गरेर हिड्नु होला । घरका समस्यासँग बढि परिचित हुनु पर्ला । आर्थिक कारोवार विग्रिन सक्छ सचेत नभएको खण्डमा । आम्दानीका मार्ग कमजोर देखिन्छ भने खर्चको मात्रा बढ्न सक्छन । व्यापार व्यवसायमा मन्दि आउनेछ । साथी भाई ईष्ट मित्र सँग भेटघाट हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको सदुपयोग गर्नु होला । काम गरे अनुुसारको प्रतिफल पाउन कुनै कठिनाई हुने छैन । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । आम्दानी खर्चको व्यवस्थापनमा बढि ध्यान दिनु पर्नेछ । साथी भाई बन्धु बर्गादि परिवारबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा ध्यान जानेछ । काममा ढिला नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै उपलब्धिका मार्ग प्रशस्त हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाई तिर भन्दा कमाई तिर मन दौडिने छ । कार्य क्षमता विस्तारै बढ्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । ईष्ट मित्रको सहयोग सहानुभूति मिल्नेछ । राजनीति तथा नोकरीमा भूमिकाको खोजी हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम आसन र भोजन प्राप्तिको योग आज पनि देखिन्छ । फजुल खर्चमा नियन्त्रण आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय बढ्ला । ढिला सुस्ति नगर्नु होला । कुरा धेरै नगर्नु होला आफ्ना आन्तरिक कुरा बाहिरीन सक्छन् जसको परिणाम आफैलाई नोक्सान हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): उपलब्धिका हिसावले दिन त्यति अनुकुल देखिन्न । रिस,अहकार र क्रोधलाई नियन्त्रण गरेर कर्म क्षेत्रमा जानु होला । व्यर्थको घुमाई फिराई बढि हुनेछ । अतिथि सत्कार र धर्मको नाममा खर्च बढ्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम काजमा समस्या आउने देखिन्छ । विवाद पर्न सक्छ सतर्क रहनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): ग्रह,गोचर अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । ढिला सुस्ति गर्नु भयो भने उपलब्धिका अवसर गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । परिवारमा सुख शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । कमाएको धन अरुलाई राख्न नदिनु होला । ऋणमा काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आजको दिन पनि अनुकुल नै देखिन्छ । समयले साथ दिनेछ । अधुरा काम सफल हुनेछन् । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मनोविकार हट्नेछ । दीक्षा यात्रा हुनसक्छ । बाहिरी काममा बढि चासो हुदा आफ्ना कामले प्रथमिकता पाउने छैन । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आस्था र विश्वास बढ्नेछ । घर परिवारबाट सहयोग थोरै मिल्नेछ । पढाई लेखाईमा मन जानेछ । उपकारी काम हुनेछन् । मनकारी भेटिने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काम गर्ने बातावरण अझै बन्ने छैन । मानसिक चिन्ता घट्ने छैन । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट प्रतिफल मिल्ने छैन । चिसोबाट बच्नु होला । शरीरिक पीडा हुनसक्छ । सन्तानका विषयले तनाव बढाउनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया