सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल मंसिर ९ गते भौमबार नेपाल सम्बत ११४१ कछलाथ्व,तदनुसार सन् २०२० नोभेम्बर २४ तारिक कार्तिक शुक्लपक्ष दशमी तिथि राती ४ वजेर ३४ मिनेट सम्म ( जापानमा अहोरात्र ),पूर्वभाद्रा नक्षत्र साँझ ६ वजेर २७ मिनेटसम्म (जापानमा राती ९ वजेर ४२ मिनेटसम्म), हर्षणयोग, तैतिलकरण, आनन्दादियोग काण, सूर्य वृश्चिक राशिमा, चन्द्रमा पूर्वान्ह ११ वजेर ५९ मिनेटसम्म (जापानमा अपरान्ह ३ वजेर १४ मिनेटसम्म) कुम्भ उप्रान्त मीन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रातःकाल थोरै अनुकुल देखिन्छ । मध्यान्ह पछि समयले कम साथ दिनेछ । मिलेर काम गर्दा डुविनेछ । गलत चिन्तनको शिकार हुने देखिन्छ । दुर्जनहरु पछि लाग्नेछन् । आर्थिक हिनामिना बढि हुनसक्छ । नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ । परभावको सम्भावनालाई नकार्न सकिन्न । इच्छा आकाँक्षा मर्ने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले आज पनि साथ दिनेछ । सुख,शान्तिमा वृद्धि हुनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्छन् । राजनैतिक भेटघाटबाट उर्जा मिल्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मध्यान्हबाट समयले साथ दिनेछ । पुराना समस्या समाधान भएर जानेछन् । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । तपाई माथि आशा र भरोसा राख्ने धेरै हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मित्रबाट सहयोग पाईनेछ । आर्थिक पक्ष दूर्वल हुदा काममा सामान्य ढिला सुस्ति हुनसक्छ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले कम साथ दिनेछ । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने काम हुनेछ । मानसिक तनावमा भने थोरै कमि आउनेछ । जीवन सगिनी र सन्तानबाट सुख थोरै मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा अभिरुची बढ्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिकुल वातावरणको सामना गर्नु पर्ला । गलत चिन्तन बढ्नेछ । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ । मुखको अश्वासन धेरैको पाईनेछ तर व्यवहारिक सहयोग कसैको पाईने छैन । अन्तिम चरणमा पुगेका काम रोकिन छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): धेरै रमाईलोमा भुल्दा उपलब्धि गुम्न सक्छ सचेत हुनुहोला । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । लोभ मोह बढ्नेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । दापत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): हचुवाका भरमा काम गर्दा कुनै फाइदा हुने छैन । विचार विमर्श गरेर काम गर्नु होला । राजनैतिक व्यक्तिको विश्वास परेर काम गर्नु भयो भने डुब्नु हुनेछ । सवै सहयोगी हुने छैनन आन्तरिक कुरा नखोल्नु होला । इच्छा आकाँक्षा बढि तथा परिपूर्ति कम हुनेछन् । सामान्य प्रयासबाट लक्ष्य प्राप्ति हुने छैन ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्ने विश्वासिलो बातावरण बन्ने छैन । अलमलमा परेर काम गर्दा अवसर गुम्न सक्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । विदेशको चहाना बढ्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विहान थोरै काम हुनेछन् । मध्यान्ह पछि समयले कम साथ दिनेछ । योजना टुक्रिने देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक सुख शान्तिमा कमि आउनेछ । धन सम्पतिको विषयलाई लिएर आफन्तसँग मन मुटाव बढ्नेछ । राजनैतिक व्यक्तिको सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला । व्यापार खस्किने छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयको गति सगै काममा प्रगति हुनेछ । विगतमा नबनेका काम आज बन्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने अझ राम्रो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । पाटर्नशिपमा कुनै काम नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): राजनैतिक हतियार प्रयोग गरेर काम गर्न खोज्दा आफै माथि फर्किनेछ । आफन्तबाट पराईको व्यवहार हुनसक्छ सचेत रहनुहोला । इच्छा आकाँक्षा बढि हुनेछन् परिपूर्ति भने कम हुनेछ । वोली कसैलाई नदिनु होला । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आम्दानी खर्चको सन्तुलन कायम राख्न सकिने छैन । ऋण लगानी नगर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रातःकाल प्रतिकुल छ । मध्यान्ह पछि समय अनुकुल हुनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । इच्छा आकाँक्षा बढ्नेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । पारिवारिक सुख शान्ति मिल्ने । मान्यजनबाट काम गर्ने प्रेरणा मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया