शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन२७ गते भौमबार नेपाल सम्बत ११४० अनलागा,तदनुसार सन् २०२० अक्टोबर १३ तारिक अधिक आश्विन कृष्णपक्ष एकादशी तिथि विहान १० वजेर ३ मिनेटसम्म (जापानमा अपरान्ह १ वजेर १८ मिनेटसम्म),मघा नक्षत्र राती ८ वजेर ४ मिनेटसम्म (जापानमा राती ११ वजेर १९ मिनेटसम्म), शुभयोग, बालवकरण, आनन्दादियोग काल, सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दुविधामा नपरि काम गर्नु होला । लगनशिल भई गरेका काममा आँशिक सफलता मिल्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला धोका हुनसक्छ । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिमा अप्ठ्यारो पर्न सक्छ । पठन पाठनमा सन्तोषजनक प्रगति हुने छैन । तनाव घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम गर्ने जोश जागर घट्नेछ । मानसिक चिन्ता बढ्नेछ । कुरा धेरै,सोचाई बढि काम कम हुनेछन् । गरेका काममा आलोचना मुक्त देखिन्न । घरयासी समस्याले सताउनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । ताला चावी बलियो गर्नुहोला धन माल हराउन सक्छ । पढाई लेखाईमा पनि सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफन्तबाट सामान्य सहयोग मिल्नेछ तर पूर्ण भरोसामा नबस्नु होला । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । गरेका कामबाट सामान्य आम्दानी हुनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम हुनसक्छ सचेत भएर काम गर्नु होला । परोपकारी काम हुनेछन् । दान पुण्यमा धन खर्च हुनेछ । उपलब्धिका काम भन्दा बढि मनोरञ्जनमा ध्यान जानेछ । घरमा जमघट बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला । सहयोग अल्प मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समस्या कम भएर जानेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । साना तिना चुनौतिसँग नडराई काम गर्नु होला गन्तव्यमा पुग्न सकिनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन प्रतिकुल देखिन्छ । काम गरेर अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै पनि निणर्य नगर्नु होला । व्यर्थको फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । सहयोग गर्ने भेटिने छैन तर माग्ने भने कम हुने छैनन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विगतका समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । वोलीको प्रभाव बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पहल गर्नु होला पुराना समस्या समाधान हुनेछन् । भाग्यका साथै कर्म पनि बलियो देखिन्छ । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ प्रयत्न गरेमा प्राप्त हुने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । ज्ञान,शिप र दक्षताको विकास हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा सामान्य सुधार आउनेछ । बाहिरी काममा बढि समय दिदा हुनु पर्ने काम हुने छैनन । यात्राबाट सामान्य लाभ हुनेछ । अर्थ अभावका कारण पनि काममा ढिला सुस्ति हुनेछ । आस्था र विश्वास भने बढ्नेछ । व्यापारमा आएको मन्दि कायम नै रहनेछ । लेनदेन कारोवारमा सचेत रहनुहोला । आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन तपाईको प्रतिकुल देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहारमा ध्यान दिनु होला स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा पर्नु भयो भने धोका खानु हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सामान्यतया ग्रह,गोचर अनुकुल जस्तै देखिन्छ । कुनै पनि क्षेत्रमा निरासा र पूर्ण असफल होइन तर आशा गरे अनुरुपको सफलता मिल्ने छैन । स्वव्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): होशियार ! तपाई माथि शत्रुको बक्रदृष्टि पर्नेछ । कार्य सम्पादनाम कठिनाइ हुनेछ,मेहनत नगरी काम बन्ने छैनन । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ नियन्त्रण गर्नु होला । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । पुराना मुद्धाको टुङ्गो लाग्न सक्छ । ऋण लगानी गर्दा सोच विचार गर्नु होला ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया