शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख ३० गते भौमबार नेपाल सम्बत ११४० वछलागा तदनुसार,सन् २०२० मे १२ तारिक कृष्णपक्ष पञ्चमी तिथि विहान ९ वजेर ५५ मिनेटसम्म (जापानमा अपरान्ह १ वजेर १० मिनेटसम्म), पूर्वषाढा नक्षत्र विहान ८ वजेर ११ मिनेटसम्म (जापानमा पूर्वान्ह ११ वजेर २६मिनेट सम्म), साध्ययोग,तैतिलकरण,आनन्दादियोग मित्र,सूर्य मेष राशीमा,चन्द्रमा अपरान्ह २वजेर १६ वजेसम्म (जापानमा अपरान्ह ५ वजेर ३१ मिनेटसम्म) धनु उप्रान्त मकर राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पूर्ण शान्तिको बातावरण बन्ने छैन । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । अरुलाई सहयोग बढि हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ । विशेष गरेर साँझपख समयमा सुधार आउनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज पनि सयमले साथ दिने देखिन्न । सहज रुपमा काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झमेलामा आइलाग्ने छन् । जोखिम मोलेर कुनै काम नगर्नु होला । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशाहरु निरासामा परिणत हुनेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयमा काम गर्नु होला ढिला सुस्ति गरेमा उपलब्धि गुमाउनु पर्नेछ । दायावायाँ नलागि समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आत्मिय जनको सहयोग मिल्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिणाम मुखी कामको लागि तिव्र रुपमा इच्छाशक्ति बढाउनु होला । संघर्ष विना कहि केहि मिल्ने छैन । बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । सवैलाई आफ्नो ठान्नु गलत हुनेछ । होशियार ! विश्वास घात हुनसक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गोपनियता अप्नाउन नभुल्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अलमलमा नपरि आफ्ना कार्य योजना लिएर अगाडि बढ्नु होला । समस्याबाट पन्छिएर टाढा बस्नु भयो भने उपलब्धि हात लाग्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर परेर काम नगर्नु होला । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । अनावस्यक खर्च कटौती गरेर काम गर्नु होला नत्र भविष्य सुगम हुने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): देखिएका सम्भावना विलाउने छन् । अनुकुल बातावरणमा काम गर्न पाईने छैन । काम गर्ने जोश जागर घट्नेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन अनुकुल देखिन्छ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । आफुलाई ज्ञान नभएका क्षेत्रमा लगानी नबढाउनु होला । ईष्टमित्रको सामान्य सहयोग मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कसैलाई वचन नदिनु होला,वोल्यो कि पोल्यो । सफलता असफलता तपाई आफ्नै हातमा रहेकोछ । पठन पाठनमा कम ध्यान जानेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): हेलचक्र्याई नगर्नु होला,समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । कर्म गरेर भाग्य निर्माण गर्नु पर्ने देखिन्छ । आतिथ्यता ग्रहण गर्न पाईनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले आज पनि साथ दिने देखिन्न । नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई चाडो विश्वास नगर्नु होला धोका हुनेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । बढि लाभ लिनलाई हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने सतर्क रहनुहोला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयको सदुपयोग गर्नु होला उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुन सक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । रोकिएका काम धेरै जसो फस्र्योट हुनेछन् ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया