शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख २ गते भौमबार नेपाल सम्बत ११४० चौलागा तदनुसार सन् २०२० अप्रिल १४तारिक कृष्णपक्ष सप्तमी तिथि राती ९वजेर १६ मिनेटसम्म (जापानमा राती १२ वजेर ३१ मिनेटसम्म), पूर्वषाढा नक्षत्र राती १२ वजेर २८ मिनेटसम्म (जापानमा राती ३ वजेर ४३ मिनेटसम्म ), शिवयोग, भद्राकरण, आनन्दादियोग मित्र, सूर्य मेष राशीमा, चन्द्रमा धनु राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा सामान्य सुधार आउनेछ । मानसिक तनावमा कमि आउनेछ । पुराना समस्या विस्तारै समाधान हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ । पढाईमा थोरै प्रगति हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सयम प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झमेलामा परिनछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशाहरु निरासामा परिणत हुनेछन् । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सामान्यतया दिन अनुकुल देखिन्छ । दायावायाँ नलागि समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): इच्छाशक्ति तिव्र रुपमा अगाडि बढाएर संघर्षबाट विचलित नभई काम गर्नु होला अन्तिम परिणामले सुखी बनाउनेछ । बाधा अवरोध खडा गर्न खोज्नेहरु अन्तिममा आफै निराश भएर फर्किने छन् । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गोपनियता अप्नाउन नभुल्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दुविधामा परि समयमा निर्णय लिन सकिएन भने आएको अवसर गुम्न सक्छ । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर परेर काम नगर्नु होला । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । खर्चलाई नियन्त्रण गरेर काम गर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन प्रतिकुल देखिन्छ । अनुकुल बातावरणमा काम गर्न पाईने छैन । सम्भावना क्षीण भएर जानेछन् । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन अनुकुल देखिन्छ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । आफुलाई ज्ञान नभएका क्षेत्रमा लगानी नबढाउनु होला । ईष्टमित्रको सहयोग मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मध्यम खालको छ,सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): हेलचक्र्याई नगर्नु होला,समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन प्रतिकुल रहेकोछ नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई झट्ट विश्वास नगर्नु होला धोका हुनेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने सतर्क रहनुहोला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयको सदुपयोग गर्नु होला उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुन सक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । रोकिएका काम धेरै जसो फस्र्योट हुनेछन् ।

—————————————–

तपाईको प्रतिक्रिया