बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल चैत्र १५ गते शनिबार नेपाल सम्बत ११४० चौलाथ्व तदनुसार सन् २०२० मार्च २८तारिक शुक्लपक्ष चतुर्थी तिथि राती ९ वजेर ३४ मिनेटसम्म (जापानमा राती १२ वजेर ४९ मिनेटसम्म), भरुणी नक्षत्र विहान १० वजेर ५० मिनेटसम्म (जापानमा अपरान्ह १ वजेर ५ मिनेट सम्म), विष्कुम्भयोग, वणिजकरण, आनन्दादियोग ध्वाँक्ष, सूर्य मीन राशीमा, चन्द्रमा अपरान्ह ५ वजेर १८ मिनेटसम्म (जापानमा राती ८ वजेर ३३ मिनेटसम्म) मेष उप्रान्त वृष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आर्थिक चलखेल बढि हुनसक्छ सचेत रहनुहोला । असहमतिका बीच काम गर्नु पर्नेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा पनि हेलचक्र्याई नगर्नु होला । घरका कुरा धेरै गर्नु पर्ला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समस्या सँग लड्न सक्ने तागत मिल्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयले साथ दिने छैन । गलत सवित गराउन खोज्दै छन् सर्तक रहनुहोला । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । जोखिम पूर्ण यात्रा नगर्नु होला । सरकारी काममा हेलचक्र्याई नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बातावरण अनुकुल नै बन्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योगछ । साझेदारी काममा हात नहाल्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पूर्ण विश्वासमा काम गर्दा खासै फरक पर्ने छैन । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । विरोधी कमजोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा सामान्य सुधार आउनेछ । अरुका काममा व्यस्त हुदा आफ्ना काम ओझेलमा पर्ने छन् । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन प्रतिकुल देखिन्छ । स्थिति भङ्ग हुनेछ भने बेस्थिति बढ्नेछ । उपलब्धिको यात्रामा तगारो लाग्नेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): हात फुकाएर काम गर्नु होला,हात थाप्नु पर्ने छैन । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्दा असहज महशुस हुनेछ । आफ्नो लागि जिम्मेबार कोहि हुने छनै आफै बन्नु होला । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अलमलमा नपर्नु होला । एकै चोटी चारैतिर हात नहाल्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पारिवारिक समस्या बढ्ने छन् । घमण्ड नगर्नु होला,चक्रव्यूमा पर्न सकिन्छ सतर्क रहनुहोला । विना योजना विना तयारी केहि नगर्नु होला । लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । परभावको सम्भावनालाई नकार्न सकिन्न । राजनैतिक मुद्धामा नअल्झिनु होला । व्यापारमा मन्दि आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काम गर्ने वातावरण बन्नेछ । समयको सदुपयोग गर्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । अरुको भरमा होईन आफ्नै बाहुबलबाट काम सम्पादन गर्नुहोला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । इज्जत प्रतिष्ठा जोगिने काम हुनेछ । शैक्षिक मार्ग आँशिक सफल देखिन्छ ।

—————————————–

तपाईको प्रतिक्रिया