बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल चैत्र १२ गते बुधबार नेपाल सम्बत ११४० चौलाथ्व तदनुसार सन् २०२० मार्च २५ तारिक शुक्लपक्ष प्रतिपदा तिथि अपरान्ह ४ वजेर २२ मिनेटसम्म (जापानमा साँझ ७ वजेर ३७ मिनेटसम्म), रेवती नक्षत्र अहोरात्र (जापानमा उत्तरभाद्रा नक्षत्र विहान ६ वजेर ५६ मिनेटसम्म उप्रान्त रेवती नक्षत्र), ब्रह्मयोग,बवकरण (जापानमा किस्तुघ्न करण), आनन्दादियोग उत्पात (जापानमा लुम्ब), सूर्य मीन राशीमा,चन्द्रमा मीन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले कम साथ दिनेछ । मिलेर काम गर्दा डुविनेछ । गलत चिन्तनको शिकार हुने देखिन्छ । दुर्जनहरु पछि लाग्नेछन् । आर्थिक हिनामिना बढि हुनसक्छ । नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ । परभाव, परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । इच्छा आकाँक्षा मर्ने छन् । अन्यायमा परिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सुख,शान्तिमा थोरै वृद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । राजनैतिक व्यक्तित्व सँगको भेटले उर्जा थपिनेछ । समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समस्या समाधान भएर जानेछन् । सहज र सरल विधिबाट काम बन्ने छन् । आशा र भरोसा राख्ने धेरै हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आफन्तबाट सहयोग पाईनेछ । आर्थिक पक्ष दूर्वल हुदा काममा सामान्य ढिला सुस्ति हुनसक्छ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने काम हुनसक्छ त्यतातिर पनि ध्यान दिनुहोला । मानसिक तनावमा कमि आउनेछ । जीवन सगिनी र सन्तानबाट सुख मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा अभिरुची बढ्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गलत चिन्तन बढ्नेछ । अनावस्यक काममा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ । मुखको अश्वासन धेरैको पाईनेछ तर व्यवहारिक सहयोग कसैको पाईने छैन । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । आत्म विश्वास घट्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): रस,रंग,रमाईलो गरेर बस्न मन लाग्नेछ । वैदेशिक काममा सामान्य सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । लोभ मोह बढ्नेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । पारिवारिक सुख मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विना सोच विचार काम नगर्नु होला । राजनैतिक व्यक्तिको विश्वास परेर काम नगर्नु होला वीचमा डुब्न सकिन्छ । सवै आफ्ना र सहयोगी हुने छैनन आन्तरिक कुरा नखोल्नु होला । संघर्ष नगरि कुनै काम सम्पन्न हुने छैनन । इच्छा आकाँक्षा बढि तथा परिपूर्ति कम हुनेछन् । लक्ष्य प्राप्तिको लागि लामो बाटो हिड्नु पर्नेछ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विश्वास नगुमाई काम गर्नु होला । अलमलमा परेर काम गर्दा अवसर गुम्न सक्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । विदेशको चहाना बढ्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पारिवारिक सुख शान्तिमा कमि आउनेछ । साथी भाईबाट व्यवहारिक होइन मुखको मात्र सहयोग पाईनेछ । धन सम्पतिको विषयलाई लिएर आफन्तमा मन मुटाव बढ्नेछ । राजनैतिक व्यक्तित्वको सहयोग लिएर काम गर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । अल्छिपन त्यागेर काम गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): स्वच्छ मनले,आत्मविश्वासका साथ कार्य क्षेत्रमा प्रवेश गर्नु होला दिन उत्तम रहेकोछ । विगतमा गर्न नसकेका काम गर्न सकिनेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने अझ राम्रो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): राजनैतिक हतियार प्रयोग गरेर काम गर्नु होला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ सचेत रहनुहोला । इच्छा आकाँक्षा बढि हुनेछन् परिपूर्ति भने कम हुनेछ । वोली कसैलाई नदिनु होला । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आम्दानी खर्चको सन्तुलन कायम राख्न सकिने छैन । ऋण लगानी नगर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय अनुकुल हुनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । इच्छा आकाँक्षा बढ्नेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । पारिवारिक सुख मिल्ने । अवसरको पूर्ण सदुपयोग गर्न पछि नपर्नु होला । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया