मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,शिशिरर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल फाल्गुन १८ गते रविबार नेपाल सम्बत ११४० चिल्लाथ्व तदनुसार सन् २०२० मार्च १ तारिक शुक्लपक्ष षष्ठी तिथि विहान ७ वजेर २३ मिनेटसम्म, (जापानमा विहान १० वजेर ३८ मिनेटसम्म) कृतिका नक्षत्र १९ गते विहान ५ वजेर ५ मिनेटसम्म (जापानमा भरुणी नक्षत्र विहान ६ वजेर ४३ मिनेटसम्म उप्रान्त कृतिका नक्षत्र), ऐन्द्रियोग, तैतिलकरण, आनन्दादियोग धुम्र (जापानमा काल), सूर्य कुम्भ राशीमा, चन्द्रमा विहान ९ वजेर ५५ मिनेटसम्म (जापानमा अपरान्ह १ वजेर १० मिनेटसम्म) मेष उप्रान्त वृष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पूर्वान्ह जति सहज काममा अपरान्ह हुने छैन । समयमा गरेका काम सफल हुनेछन् भने ढिला सुस्ति गर्दा आफुले लिने फाइदा अरुले लिने छन् । पठन पाठनमा कमै ध्यान जानेछ । आफन्तमा ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पूर्वान्हको केहि समय अनुकुल देखिन्न । सोच विचार काम गर्नु होला । नयाँ क्षेत्रमा लगानी कम गर्नुहोला । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । अपरान्ह देखि समयमा सामान्य सुधार आउनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । परिवारिक जमघट बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मध्यान्ह सम्म देखिएका सम्भावना अपरान्हमा गएर विलाउने देखिन्छ । समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । नयाँ क्षेत्रमा लगानी बढाउनु बालुवामा पानी राखे सरावर हुनेछ । खर्च वृद्धिले आर्थिक समस्या ल्याउनेछ । चोटपटक आदिको भय पनि देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय सामान्य अनुकुल देखिन्छ, योजना बनाएर अगाडि बढ्नु होला अवस्य सफलताक सिढि चढ्नु हुनेछ । आर्थिक कारोवारमा विस्तारै सुधार आउनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा क्रमिक सुधार आउनेछ । समस्या विस्तारै समाधान भएर जानेछन् । सामाजिक दायित्व बढ्न सक्छ । औला ठड्याउनेहरु आफै नतमस्तक हुनुपर्नेछ । पेशा व्यवसाय परिर्वतनको चाहान बढ्न सक्छ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । वौद्धिक जगत सँग साक्षात्कार हुने अवसर मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयले साथ दिने छैन । अनावस्यक तनाव बढ्नेछ । संचित धनमा ह्रास आउनेछ । अहार विहारमा ध्यान दिनुहोला । आफन्तमा अविश्वासको वातावरण निर्माण हुने देखिन्छ । साँझपख समयमा सामान्य सुधार आउनेछ । तर कामले पूर्ण गति भने समाउने छैन । लेनदेनमा भने सतर्कता अप्नाउनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पूर्वान्ह समय जति अनुकुल अपरान्ह छैन काम गर्दा विचार पु¥याउनु होला । समयमा काम गर्न सकिएन भने आएको अवसर पनि गुम्नेछ । भौतिक सुखमा कमी आउनेछ । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउनेछ । सपना अधुरा बन्नेछन् । व्यापार व्यवसायमा गरेको लगानी उठाउन सकिने छैन ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्ने वातावरण विस्तारै बन्ने देखिन्छ । सपना साकार पार्न थोरै मेहनत गर्नु पर्ला । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । विवादित कामको टुङ्गो लाग्नेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । लोभ मोह बढ्नेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्ने वातावरण मिल्ने छैन । सहज रुपमा काम गर्न सकिने छैन । संघर्षका बाटाहरु रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सवैलाई आफ्नो ठानेर आत्मिय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विचार विमर्श गरी योजना बनाएर अगाडि बढ्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): भ्रममा पार्न सक्छन् सतर्क भएर अगाडि बढ्नु होला । मानसिक तनावमा थोरै कमि आउनेछ । जीवन साथीको सहयोग र सल्लाहामा काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । पढाई लेखाईमा मन जानेछ । मिलेर गरेका कामबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय प्रतिकुल बन्दैछ । पूर्वान्हमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ भने मध्यान्ह पछि गरेका कामबाट उचित लाभ लिन सकिने छैन । काममा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । विश्वास र भरोसा टुट्न सक्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । आफन्तजनबाट सहयोग मिल्नेछ । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । थोरै प्रयत्न गर्नु भयो भने लाभदायक काम हात पार्न सक्नु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

—————————————–

तपाईको प्रतिक्रिया