Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र एमालेसहित १५ दलको बैठकले माओवादीकै कारण शान्ति प्रक्रिया रोकिएको भन्दै उसलाई सात बुँदे सहमति अक्षरशः पालना गर्न भनेको छ।
माओवादीकै कारण शान्ति प्रक्रिया फेरि अवरुद्ध भएको भन्दै उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन्।  आइतबार सुरु हुनुपर्ने लडाकु बहिर्गमन प्रक्रिया एकाएक रोकिएपछि नेपाली कङ्ग्रेस र एमालेलगायत् अन्य दलले त्यसको दोष माओवादीलाई दिएका हुन। ती दुवै दलका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको थियो।
बैठकपछि कङ्ग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले विज्ञप्ति जारी गरी सात बुँदे र छ बुँदे कार्यान्वयन नगरी माओवादीले शान्ति प्रक्रिया अवरुद्ध पारेको जनाएका थिए ।
उनीहरुले यसबारे अन्य दलसँगसमेत छलफल गरी उनीहरुको साथ लिएर अघि बढ्ने निर्णय पनि गरेका थिए।
तपाईको प्रतिक्रिया