नवलपरासी – सामान्य घरझगडामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । नवलपरासीको दिब्यपुरी ७ पुर्नवास टोलमा आपसी घरझगडामा २८ वर्षीय सुनसागर माझीले शनिबार मध्यरातमा सिलौटो प्रहार गरि श्रीमतीको हत्या गरेका हुन् ।
श्रीमानले टाउकोमा सिलौटो बजारेपछि २७ वर्षीया माया माझीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । तीन छोरीहरु मामा घर गएका बेला माझीले श्रीमतीको हत्या गरेका थिए । ईलाका प्रहरी कार्यालय कावासोतीले माझीलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।