Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

बेनी –  संबिधानसभा निर्वाचनमा म्याग्दीमा नेकपा एमालेका उम्मेदवार नवराज शर्मा बिजयी हुनुभएको छ ।

शुक्रबार दिउँसो १२ बजे सम्पन्न मतगणना अनुसार शर्माले १५ हजार ९५५ मत प्राप्त गरि बिजयी हुनुभएको हो । शर्माका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खम्बीर गर्बुजाले १२ हजार ५०९ मत प्राप्त गर्नुभएको छ । यसैगरी एनेकपा माओवादीका लोकेन्द्र बिष्टमगरले ६ हजार ४५० र राप्रपाका भीमप्रसाद गौचनले ३ हजार ३ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

मंसिर ४ गते सम्पन्न संबिधानसभा निर्वाचनमा ५६ हजार ५ सय ५३ मतदाता रहेकोमा ४२ हजार ३ मत खसेको थियो । कुल मतदाता संख्याको ७४.२७ प्रतिशत मत खसेको थियो । बिहीबार दिउँसो १२.३० देखि मतगणना सुरु भएको थियो ।

एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा २ स्वतन्त्र र १३ दलिय गरि १५ जना उम्मेदवार  प्रतिस्पर्धामा रहेका थिए । मतपरिणामको प्रतिक्षामा रहेका एमालेका नेता कार्यकर्ताहरुले अन्तिम नतिजा सार्वजनिक भएलगत्तै सदरमुकाम बेनीमा बिजय जुलुस निकालेर खुसीयाली मनाउने तयारी गरेका छन् । बिजय जुलुस मनाउन गाउँ गाउँका एमाले कार्यकर्ताहरु सदरमुकाम बेनी आएका छन् ।

को हुन नवराज शर्मा  ?
वि.स २०२६ साल असोज ११ गते बिम ४ म्याग्दीमा जन्मेका नवराज शर्माको बुवाको नाम यामलाल शर्मा र आमाको नाम नन्दकली शर्मा हो । उहाँका एक छोरा हुनुहुन्छ । आईएसम्मको अध्ययन गरेका शर्माले २०४० सालमा म्याग्दीको दरवाङमा पहिलो पटक अनेरास्ववियू (छैटौं) का कार्यकर्तासंग सम्पर्क भएपछि राजनीतिमा लाग्नुभएको थियो ।

२०४१ सालमा १४ वर्षकै उमेरमा भूमिगत हुनुभयो । वि.स २०५२ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिविस सभापति भई ५ वर्ष जनप्रतिनिधीको रुपमा काम समेत गर्नुभएको छ । हाल उहाँ नेकपा एमालेका राष्ट्रिय प्रतिनिध परिषद् सदस्य पदमा रहि राजनितिमा सक्रिय रहदै आउनुभएको छ ।  ***

 

तपाईको प्रतिक्रिया