मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो – गत मार्च ११ मा जापानमा गएको महाभूकम्प र त्यसका कारण आएको सुनामीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र फुकुसिमामा सोमबार बिहान ११ बजेर ४५ मिनेटको समयमा ५ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट कुनै क्षति भने भएको छैन ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले बताए अनुसार उक्त क्षेत्रको ३० दशमल २ किलोमिटरको गहिराईमा भूकम्पको धक्का परेको थियो । अहिलेसम्म कुनैपनि क्षतिको विवरण नआएकोले सुनामीको सम्भावना नभएको जापानको मौसम विज्ञान बिभागले बताएको छ ।

उक्त भुकम्पले टोकियो र आसपासका स्थान समेत केही मात्रामा हल्लाएको थियो ।

तपाईको प्रतिक्रिया