Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ १७ पैसा र बिक्रीदर १३८ रुपियाँ ७७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ७८ पैसा र बिक्रीदर १४४ रुपियाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपियाँ ६३ पैसा र बिक्रीदर १७२ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपियाँ ५१ पैसा र बिक्रीदर १५३ रुपियाँ १७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपियाँ ६ पैसा र बिक्रीदर ८६ रुपियाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ८१ पैसा र बिक्रीदर ९६ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपियाँ २९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर आठ रुपियाँ ८९ पैसा र बिक्रीदर आठ रुपियाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ पाँच पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिदर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ ६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ६२ पैसा र बिक्रीदर ३७ रुपियाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ४५ पैसा र बिक्रीदर ३१ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ५५ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ २७ पैसा र बिक्री दर १९ रुपियाँ ३५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ७४ पैसा र बिक्रीदर १७ रुपियाँ ८१ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपियाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपियाँ ५० पैसा र बिक्रीदर ३६८ रुपियाँ नौ पैसा, ओमनी रियाल एकको खरिदर ३५८ रुयैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपियाँ ४४ पैसा तथा भारतीय रुपियाँ १०० को खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया