Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
पोखरा – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको निर्वाचनपछि देशको प्रधानमन्त्री आफैं बन्ने दाबी गरेका छन् । पोखराको चुनावी आमसभालाई सम्बोधन गर्दै बिहीबार दाहालले बहुमतीय सरकारको प्रधानमन्त्री बनेपछि आफैंले पोखराको विमानस्थल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष दाहालले मनाङ, पर्वत, स्याङ्जाको आमसभालाई सम्बोधन गरी पोखरा आएर एमाले–कांग्रेसले अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिएको आरोप लगाएका हुन् । उनले संविधानसभालाई विफल बनाउन यातायात बन्दलगायतका आन्दोलनका कार्यक्रम आह्वान गरेको नेकपा–माओवादीलाई ‘बामपुड्के’ पार्टीको संज्ञा दिए ।
आफूलाई राष्ट्रको नेता स्वीकार्दै ठाउँठाउँमा दाहाललाई हिड्न सजिलो होस् भनेर यातायात बन्द गरिदिएको र कञ्चनपुरमा बम पड्काएर सलामी दिएको भन्दै ब्यङ्ग्य समेत गरे । उनले निर्वाचन विरोधीहरु राजा–महाराजा हुन् भन्दै जनताले नै त्यस्तालाई समाप्त पार्ने दाबी समेत गरे । देशब्यापी चुनावी प्रचार अभियानमा निस्किएका दाहालले एकैदिनमा ६ जिल्लाका सभालाई सम्बोधन गरे । मनाङ, पर्वत, स्याङ्जा, हुँदै कास्की आएका दाहालले लमजुङ र धादिङका चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका छन् । ***
तपाईको प्रतिक्रिया