Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

pamfa bhusalकाठमाडौं- नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले ३३ दलीय मोर्चाले आह्वान गरेको आन्दोलन देशलाई सिक्किमीकरण बनाउन खोज्ने दलालहरुका विरुद्ध भएको बताएकी छन् ।

अनामनगरमा संवाद डवलीले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले सो कुरा बताएकी हुन् । नेपाललाई सिक्किमीकरण गर्नका लागि अहिले सिंगो नेपाललाई ब्यारेकमा परिणत गरिएको प्रवक्ता भुसालको भनाई छ । अहिले नेपालमा भारतीय खुफिया संस्था रअका मान्छेहरु आएर ठूलो पैसा परिचालन गरेको उनले दावी गरिन । उनले भनिन्, रअले केही निश्चित पात्रहरुमाथि लगानी गरेको छ । जो जो लेण्डुप बन्छन् र बनेका छन्, उनीहरुले नै चुनाव पनि जित्छन ।”

प्रवक्ता भुसाले त्यसलाई रोक्नका लागि आफूहरु बलभद्र र भिमसेन बन्न तयार भएको बताइन । सरकारले ३३ दलीय मोर्चाको आन्दोलन दवाउनका लागि सम्पूर्ण शक्ति लगाएर पनि नसकी निजी क्षेत्रलाई सरकारले उचालेको दावी गरिन् । उनले भनिन्, “सिंहदरबारबाट पैसा बाँडेर निजी क्षेत्रका केही मान्छेहरुलाई हाम्रो आन्दोलनको विरुद्धमा उचालिएको छ । अहिले सुरज बैद्यजीले त्यो कमिसन पाएका छन् ।” उनले प्रश्न गरिन, “के सुरज बैद्यजीहरुले ३६५ दिन नै यसरी सडकमा र्याली निकाल्न सक्नुहुन्छ ?”

 

तपाईको प्रतिक्रिया