Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौ – एकीकृत नेकपा माओवादी नेतृ हिसिला यमिले ३३ दलीय मोर्चा अग्रगामी संविधान र संघीयताविरोधी भएको आरोप लगाउनुभएको छ ।

काठमाडौं क्षेत्र नं ७ अन्तर्गत बाङ्गेमुढा क्षेत्रमा घरदैलो गर्न निस्कनुभएकी एमाओवादी नेतृ यमिले  स्थानीयलाई सम्बोधन गर्नुहुँदै नेकपा-माओवादी लगायत ३३ दलीय मोर्चा अग्रगामी संविधान र संघीयताविरोधी भएको आरोप लगाउनुभएको हो । जनपक्षीय संविधान लेख्ने र जनतालाई अधिकार सम्पन्न बनाउने बेलामा वैद्य नेतृत्वको ३३ दलीय मोर्चा संविधानसभा विफल पार्न बन्द हड्तालमा उत्रनु भनेको उनीहरु संघीयता र जनपक्षीय संविधानविरोधी भएको यमिको जिकिर थियो ।

वैद्य नेतृत्वको मोर्चाले आव्हन गरेको आम हड्तालले निर्वाचन बिथोल्न नसक्ने भन्दै नेतृ यमिले बन्दको शसक्त प्रतिकारसमेत गरिने चेतावानी दिनुभयो ।

सोमबार आह्वान गरीएको बन्दको प्रतिकारमा आफूहरु सडकमा निस्किएको भन्दै नेतृ यमिले मोर्चाको बन्दको अवज्ञा गर्न आम जनसमुदाय तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएकी नेतृ यमिले आफ्नो चुनावी प्रचारप्रसारलाई तीब्रता दिनुभएको छ । काठमाडौं क्षेत्र नं ७ मा नेतृ यमिसँगै एमालेका तर्फबाट रामबीर मानन्धर र कांग्रेसकी प्रमिला सिंह मुख्य चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।***  IMG_6561IMG_6559

तपाईको प्रतिक्रिया