Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Lokendra Chandकाठमाडौं– पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले आगामी चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

समुद्रपारिसँग विशेष कुरा गर्दै चन्दले उमेर र स्वास्थ्यका कारण फेरि चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘यो नै मेरो अन्तिम चुनाव हो,’ उनले भने, ‘अबका कुनै पनि चुनावमा म प्रत्यक्षतर्फ उम्मेदवार बन्दिनँ ।’

बैतडीका दुवै निर्वाचन क्षेत्रबाट चुनाव लडेका चन्दले जीवनको अन्तिम अवस्थामा गृहजिल्लाबाट चुनाव जित्ने आशा व्यक्त गरे । ‘सम्भवतः मेरो जिल्लाका लागि मैले सेवा गर्ने यो अन्तिम मौका हो,’ उनले भने ।

२०५१ सालको मध्यावधि निर्वाचनमा दुवै क्षेत्रबाट विजयी भएका चन्द २०५६ सालमा दुवै क्षेत्रबाट पराजित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव नलडेका उनी समानुपातिक सभासद् हुन् ।

 

तपाईको प्रतिक्रिया