Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
टीकापुर – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हिमाल, पहाड र तराईका जनताले आफ़ुलाई राष्ट्रपति बनाई सकेको दाबी गरेका छन् । उनले अब राष्ट्रपति हुन कुनै ठूलो कुरा नभएकोले पार्टीलाई दुई तिहाई मतले विजयी गराउन कार्यकर्ता संग आग्रह गरेकाछन् ।
कांग्रेसले ००७ साल देखि ०४६ साल सम्म बहुमतमा रहेपनि उसको रुख बुढो भई खोक्रो भई ढलेकोले उसको अस्तित्व समाप्त भएको बताए । कांग्रेसले राजासँग मिलेर संकटकाल लगाई एमाओवादीलाई समाप्त गर्ने खोजेको आरोप लगाएको बताए । उनले गणतन्त्र र संघियता उनिहरुले चाहेको होइन,दश वर्ष जनयुद्ध गरेको एमाओवादी पार्टीले नै ल्याएको बताए ।
एमाले पार्टी घोर अवसरवादी,जनविरोधी र बेइमानको पार्टी भएको भनेका छन् । अध्यक्ष दाहालले एमाले यति अवसरवादी पार्टी भएकोले उसले जल्दा वल्दा नेता मदन भण्डारीलाई बचाउन नसकेको आरोप लगाए । एमालेको पतन मदन भण्डारीको अवशानपछि भएको उनले दावी गरे ।
नेकपा-माओवादीले गरेको देशव्यापी बन्दकाबीच कैलालीको टीकापुरमा मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत एमाओवादीको चुनावी सभा भएको छ ।
विभिन्न राजनीतिक दलले गर्ने सभामा आउन टयाक्टर बस मोटरसाइकल लगायतका साधनको प्रयोग हुने भएपनि सभामा अधिकांश साइकलमा आएका थिए ।
बन्दका कारण टीकापुर बजार बन्द भएकोले यहाँका व्यापारी तथा विभिन्न कार्यालयमा कार्यरत कर्मचारी पनि सभामा सहभागी भएका थिए ।
सभालाई एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गत संविधान सभाको निर्वाचनमा माओवादीको बहुमत नभएकोले पहिचान र अधिकारसहितको संविधान दिन नसकेकोले यो संविधानसभाबाट एमाओवादीलाई बहुमत दिए जनताको संविधान दिने बताए ।
उनले भने-‘संविधान सभा माओवादीको एजेन्डा हो र पहिचानसहितको संविधान संस्थागत गर्ने संविधान सभाको चुनाव भएकोले एमाओवादीलाई बहुमत दिन जरुरी छ जनताले ।’
२०५७ सालमा नेकपा माओवादीको दोस्रो सम्मेलन हुँदा एकमतले संविधान सभाको एजेन्डा एकमतले पारित भएकोले मोहन वैद्यहरुले पनि आफुलाई सहयोग गर्ने बताए । उनले भने-‘हामीले शान्तिपूर्ण रुपमा संविधान सभा मार्फत जनतालाई अधिकार दिन खोजेको बेला जम्मा १५ सय मात्र मान्छे मरेका थिए तर नेपाली काग्रेसले उल्टो संकटकाल लाएर १५ हजार मान्छे मार्‍यो ।’
तपाईको प्रतिक्रिया