Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं – तितो सत्यमा हिसिला यमीको रोलमा क्यारिकेचर गर्ने कलाकार विपना बस्नेत र तितो सत्यकै रामचन्द्र अधिकारीसहित एक दर्जन कलाकार एमाओवादीमा प्रवेश गरेका छन् । आइतवार विहान काठमाडौं निर्वाचन क्षेत्र नं. १० को कीर्तिपुर महानगरपालिकामा भएको  कार्यक्रममा अध्यक्ष प्रचण्डको हातबाट टिका र माला लगाउँदै तितो सत्यका कलाकारसहित एक दर्जन टेलिसिरियलका कलाकार एमाओवादीमा प्रवेश गरेका हुन् ।
nakkali-hisala
तीन हजारको संख्यामा घरदैलो कार्यक्रममा जानु भएका एमाओवादीका अध्यक्ष प्रचण्डलाई आफ्नै घरमा पाउँदा कीर्तिपुरवासीहरुमा खुशी छाएको थियो । जनताको घरदैलोमा पुग्नु भएका अध्यक्ष प्रचण्डलाई बाजागाजासहित कीर्तिपुरवासीले स्वागत गरेका छन् । यो देशमा प्रचण्डबाहेक अरु कुनै दलका नेताले केही गर्न नसक्ने भन्दै कीर्तिपुरवासीले यसपटक एकमत भएर एमाओवादीलाई नै भोट हाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घरदैलोमा पुग्नु भएका अध्यक्ष प्रचण्डलाई दुई तिहाइ बहुमतको शुभकामना दिँदै नयाँ संविधान बनाएर यो देशको विकासलाई तीव्र बनाउने शक्ति मिलोस भनेर कीर्तिपुरवासीले तिहारको शुभकामना समेत दिएका छन् ।  ***
तपाईको प्रतिक्रिया