Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
बेनी – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले यो पटकको संविधानसभाको चुनावमा आफ्नो पार्टीको पक्षमा बहुमत सुनिश्चित देखिसकेको बताउँदै प्रतिगमनकारीका षड्यन्त्रमा नअल्भिन आग्रह गर्नुभएको छ ।
उहाँले यो देशको जिम्मा लिन एमाओवादी अगाडि आएकाले पनि एमाओवादीलाई दुई तिहाई दिन कुनै कसरत बाँकी नराख्न म्याग्दीमा बिहीवार भएको जनसभामा आग्रह गर्नु भएको छ ।
नेपाली जनताले विपी कोइरालालाई विश्वास गरेकै हुन् भन्दै अध्यक्ष प्रचण्डले विपीले तानाशाही राजा महेन्द्रसँग जनविरोधी सम्झौता गरेको र एमालेका मदन भण्डारीलाई पनि नेपाली जनताले विश्वास गरे पनि नेपाली जनताको विश्वास र मदन भण्डारीलाई एमालेले बचाउन नसकेको बताउनुभयो ।
दश वर्षको जनयुद्ध, जनआन्दोलन, महिला आन्दोलन, मधेश आन्दोलन र विभिन्न किसिमका आन्दोलनले नयाँ संविधान र संघीयता देशमा आउन लागेको भन्दै उहाँले त्यसका लागि एमाओवादीलाई नै दुई तिहाइ बहुमत चाहिएको छ भन्नुभयो ।
इतिहासलाई पल्टाएर हेर्ने हो भने पनि नयाँ संविधान र संघीय राज्यका लागि एमाओवादीले रगतको खोलो नै बगाउनुपरेको हो भन्दै अध्यक्ष प्रचण्डले त्यो रगतको खोलाको मूल्यांकन निष्पक्ष तरिकाले गर्न जनतालाई आग्रह गर्नुभएको छ ।
Beni
यो इतिहासको कठिन र चुनौतीपूर्ण घडी भएकाले पनि अग्रगमनको पक्षमा एकाकार भएर भोट हाल्न समेत उहाँले आग्रह गर्नुभयो । “तपाई सबै नेपाली जनताले एकपटक परिक्षणका लागि पनि हामीलाई भोट दिनुहोस, नयाँ संविधान र संघीयता सुनिश्चित गर्न सकेनौं भने पनि तपाईहरुले जे सजाय दिनुहुन्छ त्यही स्वीकार्छौ” अध्यक्ष प्रचण्डले भन्नुभयो ।
देशभर एमाओवादीको पक्षमा उर्लेको जनलहरले पनि यो देखाउँछ कि अव यो देशमा नयाँ संविधान माओवादीले बाहेक अरुले बनाउन सक्दैन भन्दै उहाँले नयाँ संविधान र संघीयता नचाहनेले मात्र एमाले, काँग्रेस र राजावादीलाई भोट हाल्ने ठोकुवा गर्नुभयो ।
वैद्यजीहरुले आफु देशभर चुनावी अभियानमा गएको बेला बाटोमा सजिलैसँग सररर गाडी चलोस भनेर बन्द गर्ने गरेको र सडकमा रुख ढालेर अध्यक्ष प्रचण्डको सुरक्षामा सुरक्षाकर्मी अझै सजग रहून भनेर बन्द र हड्ताल गरेको भन्दै त्यसलाई आफूले नकारात्मक ढंगले नबुझेको बताउनुभयो ।
वैद्यजीहरुका धेरै कार्यकर्ता पुरानै घरमा फर्किसकेको भन्दै अध्यक्ष प्रचण्डले अराजनीतिक तरिकाले बन्द, हड्ताल गर्नु भनेको नेपाली जनताको पक्षमा नयाँ संविधान नबनोस् भनेरै हो भन्नुभयो ।
“सिंगो नेपाली जनता एमाओवादीतिर लागेको बेला वैद्यजीहरुले राजावादी र काँग्रेसीहरुसँग साँठगाँठ गर्दै हिड्नुले प्रतिगमनकारी भएको संकेत गरेकाले पनि त्यसले न उहाँहरुलाई फाइदा हुन्छ न त नेपाली जनतालाई नै फाइदा हुन्छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो ।
लोकेन्द्र विष्टले पहिलो संविधानसभामा बुद्धिमता तरिकाले आफ्नो क्षमता स्थापित गरिसकेकाले पनि उहाँलाई जिताएर नयाँ संविधान बनाउने ठाउँसम्म पुर्‍याउन उहाँले आग्रह गर्नुभयो । देशभरि भएका चुनावी सभामा उर्लिएको जनलहरले पनि विजयको दिन नजिक आइसकेको संकेत गरेको छ भन्दै अध्यक्ष प्रचण्डले त्यो विजयमा म्याग्दीका जनताको पनि उत्तिकै हात रहने बताउनुभयो ।
त्यसैगरी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन यथास्थितिवादी र परिवर्तन पक्षधर शक्तिबीचको राजनीतिक लडाईं भएकाले परिवर्तन पक्षधर पार्टी नेकपा माओवादी विजयी हुनुपर्नेमा समेत जोड दिनुभएको छ । कास्कीको पोखरा र ढिकुरपोखरीमा कार्यकर्ता भेला तथा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक लडाईमा विजय प्राप्त गर्नका लागि एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
उहाँले निर्वाचन विथोल्ने योजनाअनुरुप देशका विभिन्न ठाउँमा आफ्ना कार्यकर्तालाई उत्तेजित बनाउन खोजिएको बताउनुभयो । केही मिडिया र पत्रकार नियोजित रुपमा आफू र एमाओवादीलाई बदनाम गराउन लागिपरेको बताउनुभयो । आफूले निर्वाचन आयोगसँग अनुमति लिएर हेलिकप्टर प्रयोग गरेकामा केही मिडियाले गलत प्रचार गरेको उहाँको भनाई थियो । कास्कीमा अघिल्लो निर्वाचनमा ३ वटा क्षेत्रमा एमाओवादी विजयी बनेकोमा यसपटक ४ वटै क्षेत्रमा विजय सुनिश्चित गर्न समेत प्रचण्डले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
बिहीवारका केही पत्रिका र अनलाइनमा प्रचण्डले अनुमतिविना हेलिकप्टर प्रयोग गरेको भन्नेखालका समाचार प्रकाशन भएको थियो । कार्यकर्ता भेलामा काँग्रेस नेतृ उमा पौडेल, वरिष्ठ लोक कलाकार कृष्ण देवकोटा, खेलकुदमा क्रियाशील सुरज गुरुङ, करण तामाङ्गलगायत दर्जनौं एमाओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । ***
तपाईको प्रतिक्रिया