Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं –  पूर्व प्रधानमन्त्री एवं एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा. बावुराम भट्टराईले आर्थिक विकास र संवृद्धिको लागी एमाओवादीलाई मतदान गर्न आग्रह गरेका छन् ।

बुधबार बुटवलको मुख्य बजारमा घर दैलो अभियान पछि एमाओवादीले आयोजना गरेको चुनावी सभामा संबोधन गर्दै उनले अग्रगामी विचार र चिन्तन लिएको पार्टीलाई जिताएमा मात्र संविधान निर्माण हुने एवं मुलुकको विकास हुने बताए ।

नेता भट्टराईले लुम्विनीको पर्यटन विकास मुलुककै आर्थिक संवृद्धिको मुहान बन्न सक्ने प्रवल संभावना रहेको वताउदै सो आर्थिक विकासको लागि लुम्विनीको विकास अपरिहार्य भएको छ त्यसका लागि आफुले यो क्षेत्रबाट उमेदवारी दिएको बताए । उनले लुम्विनीलाई वौद्धमार्गीको गन्तव्य तथा विश्व पर्यटनको केन्द्रविन्द वनाउन सकेमा देश कै कायापलट हुने बताए । धार्मिक सांस्कृतिक ऐतिहासिक स्थानलको प्रवर्धन गर्न सकेको खण्डमा आर्थिक विकासको प्रचुर सम्भावना रहेको नेता डा. भट्टराईको भनाई छ ।

रुपन्देही क्षेत्र नम्बर ४ बुटवलमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको चुनाव प्रचार गर्ने क्रममा प्रगतिशिल लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले पछिल्ला केही वर्षहरुमा पुरै नेपाली राजनीति नै एमाओवादीको वरिपरि घुमिरहेको बताए । बुटवल नगरपालिका वार्ड नम्बर ८ को मुख्य बजार क्षेत्रमा घरदैलो कार्यक्रम अन्गर्तत स्थानियका घरघरमा भोट मांगदै हिड्ने क्रम पछि बुटवल ८ स्थित पुष्प पार्कमा आयोजित कोण सभामा बोल्दै प्रगतिशील लेखक एवं साहित्यकार संग्रौलाले आहिलेको संविधान सभा एउटा ठुलो विवाह कार्यक्रम जस्तो भएको र विवाह कार्याक्रममा मुख्य केन्द्रमा दुलाहा हेर्ने भए जस्तै यो कायैक्रमका केन्द दुलाहाको स्थानमा एमाओवादी भएको बताउदै अन्य राजनैतिक पार्टीहरुलाई जन्ती भएको बताए। यस अवस्थामा जनतीहरुलाई छाडेर मानिसहरुले दुलाहालाई नै मतदान गर्नुपर्ने भन्दै डा. भट्टराईलाई मतदान गर्नु पर्नेमा जोड दिए ।

त्यसै गरी राजनीतिक विष्लेषक हरि रोकाले परिवर्तनको यात्राको साथ दिने पार्टी एमाओवादी मात्र भएको बताए । उनले संवृद्ध नेपाल निर्माणको लागि डा. वावुराम भट्टराईवाहेक अन्य कुनै व्यक्ति उपयुक्त व्यक्ति नभएको पनि दावी गरे । नेपाल उद्योगा वाणिज्य महासंघका सदस्य समेत रहेका चलचित्रकर्मी अशोक शर्माले नेपालको भविष्यको रेखा कोर्ने पार्टी एमाओवादी भएकाले संविधान सभाको निर्वाचनमा एमाओवादीलाई भोट दिनुपर्ने बताए । यस अघि एमाओवादीले विहान वुटवल १ देखि ४ वडा सम्म तथा वुटवल १३ रामनगरमा समेत घर दैलो कार्यक्रम गरेको थियो । रामनगरमा राष्ट्रिय जनमोर्चा तथा एमाले पार्टी परित्याग गरी १ दर्जन भन्दा वढि एमाओवादीमा प्रवेश गरेका छन । डा. भट्टराईले उनिहरुलाई टिका लगाएर स्वागत गरे । वुटवल अमरपथ संगमपथ लगायतका स्थानमा भएको घरदैलो कार्यक्रमा चलचित्रकर्मी तथा राजनीतिक विष्लेष्कहरुले समेत एमाओवादीको पक्षमा मतदान गर्न अनुरोध गदै एमाओवादी वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा. वावुराम भट्टराईलाई साथ दिएका थिए । विहान १० वजे वुटवलको टफिकचोकवाट शुर भएको घर दैलो कार्यक्रममा विष्लेषक तथा वुद्धिजिवी खगेन्द्र संग्रौला, हरि रोका, चलचित्रकर्मीहरु केपी पाठक, मौसमी मल्ल, रविन्द्र खड्का, राजेन्द्र खडगी, सुवास गजुरेल, अशोक शर्मा, प्रदिप उदय लगायतका कलाकार तथा विश्लेषकहरु सहभागी रहेका थिए । ** *

तपाईको प्रतिक्रिया