Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

-संजिब कुमार दाहाल

dolkhaदोलखा- दोलखाको सदरमुकाम चरिकोटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी सभालाई सम्बोधन गर्न आउने भएपछि उनलाई अवरोध पुर्‍याउन लामोसाँघु जिरी सडक खण्डस्थित चरङ्गे खोला नजिक सडकमा राखिएको बम नेपाली सेनाको टोलीले बुधबार बिहान निष्क्रिय बनाएको छ ।

काठमाडौंबाट आउने सडक मार्गलाई रुख ढालेर अवरोध पार्नुका साथै त्यहाँ बम राखिएको थियो । प्रहरी र बर्दबहादुर गणको सेना टोलीले बम निस्क्रिय पारेको थियो । बम राखिएको स्थानमा नेकपा–माओवादीको निर्वाचन बहिष्कारको पोष्टर भेटिएको थियो । यद्यपी नेकपा माओवादी जिल्ला सेक्रेटरी प्रेम दर्नाल भने “पार्टीले बिहान ६ बजे देखी बेलुका ६ बजे सम्मलाई शान्ति पूर्ण बन्दको आहवन गरेको हो ।” बम राखेको र रुख ढालि बाटो अबरुद्ध गर्ने काम आफ्नो पार्टीले नगरेको दर्नालले दाबि गरे । टेलिफोन सम्पर्कमा सेक्रेटरी दर्नाल भने “अरु कसैले यो गरेको हुन सक्छ, त्यसको जिम्मेवारी पार्टीले लिदैन ।” बम राखेको थाहा हुनेवित्तिकै बुधबार राती ४ बजेदेखि सडकको दुवैतर्फ प्रहरीले सुरक्षा दिएको प्रहरी नायव उपरिक्षक सुरेश काफ्लेले बताए । दोलखामा हुने चुनावी सभा लक्षित गरी जिरीको खावा, भीमेश्वर नगरको विरुवा, भिर्कोट र सिस्नेरीलगायत एक दर्जन क्षेत्रमा पनि अबरोध गरिएको स्थानीय प्रसाशनले जनाएको छ । तर विहान सबै स्थानका अबरोध हटाएपछि सडक सञ्चालनमा आए पनि फाट्टफुट्ट सवारीकासाधन मात्र चलेका थिए । लामो दुरीका सवारीसाधन नचलेको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न करिब साढे एक बजे आईपुगेका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले संविधानसभा निर्वाचन एकिकृत नेकपा माओवादीको एजेण्डा भएकोले यसलाई सौहार्दपूर्णरुपमा सम्पन्न गराउने दायित्व आफ्नो पार्टीका रहेका बताए ।

संविधानसभाको एजेण्डा लिएर १० बर्षे जनयुद्ध गरेकोले पहिलो संविधान सभाको निर्वाचन माओवादीकै कारण प्राप्त भएको र दोस्रो संविधनसभाको निर्वाचन पनि माओवादीको त्यागको कारण अगाडी बढी रहेको उनले दाबि गरे । उनले भने “बर्गबिहीन, शोषणविहिन, साम्यवादको आर्दश प्राप्तीका निमित्त महान जनयुद्धमा प्राणको आहुती दिने अमर शहिदहरुको उच्च सम्मानका लागी फेरी एक पटक एकिकृत नेकपा माओवादीलाई ठुलो पार्टी मात्र बनाउने नभई बहुमतको सरकार बनाउन नेपाली जनताले साथ दिनु पर्छ ।” एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भने– ‘बहुमतको सरकारले मात्र संविधान निमार्ण सम्भव छ मिश्रितले होईन ।’ दोलखाली नेताहरुले चुनावी माहोल बनाई दिन आग्रह गरेपछि सदरमुकाम चरिकोट आएको बताउदै अध्यक्ष प्रचण्डले भने “एकिकृत माओवादीको पक्षमा जनलहर उर्लिएको देख्दा दोलखाका दुबै क्ष्ोत्रमा जित सुनिश्चित हुने छ ।’

करिब अढाई घण्टा चरिकोटको टुडिखेलमा बिताएका प्रचण्डले अधिकांश समय नेपाली कांग्रेस र एमालेलाई गालि गर्दै खर्चिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया