Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं- नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत एक सिपाहीको शंकास्पद मृत्यु भएको छ । बुधबार दिउँसो डिउटीमा रहेका बेला सिपाही भीम कट्वालको शंकास्पद मृत्यु भएको हो ।

पूर्वी पृतनाले आत्महत्या गरेको बताए पनि उनको मृत्युलाई आत्महत्या मान्न नसकिने अबस्थामा रहेको छ । बटुक दल गणमा कार्यरत कटुवालले ड्युटीमा रहेका बेला आफूले बोकेको इन्सास राइफलबाट आफैँलाई गोली प्रहार गरी मृत्यु भएको पूर्वी पृतनाले बताए पनि ३ दशमलव १४ फिट लामो इन्सास राइफलबाट आफूलाई गोली प्रहार गरेको मान्न नसकिने सुरक्षाविद् बताउँछन् ।

सेनाको मुख्यालय क्षेत्रभित्रको पोष्टमा दुई जना ड्युटीमा खटिने गरेकामा अर्का जनालाई सुवेदारले एकैछिन बोलाएको छ जानु भनेर साथीलाई पठाएपछि उनले गोली प्रहार गरी आत्महत्या गरेको पृतनाले जनाएको छ । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।

आत्महत्याबारे अनुसन्धान थालिएको सेनाको पृतना मुख्यालयले जनाएको छ । उनले दुई पटकसम्म सेकेन्ड लेफ्टिनेन्टमा प्रतिस्पर्धा गरेका थिए । तर, उत्तीर्ण हुन नसकेका कारण आत्महत्या गरेको आशंका पृतनाले गरेको छ । २२ वर्षीय कट्वालले इन्सास राइफलले कोखा र टाउकोमा गोली प्रहार गरी आत्माहत्या गरेको दाबी पृतनाको छ । -सौर्य

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया