Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं- निर्वाचन आचारसंहितामा चुनाव प्रचार गर्न हेलिकप्टर र हवाईजहाज चार्टर गर्न पाइँदैन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने ४० किलोमिटरको सडक यात्राबाट पुग्न सकिने ठाउँमा पनि हेलिकप्टर चढ्छन् ।

चुनाव प्रचारको देश दौडाहमा रहेका दाहालले बुधबार काभ्रेको पाँचखाल र दोलखा पनि उडेरै पुगेका हुन् । अरनीको राजमार्ग किनारको सुविधायुक्त स्थान पाँचखाल काठमाडौंको माइतीघरबाट ४० किलोमिटर पूर्वमा पर्छ । फराकिलो सडकमार्ग भएकाले त्यहा राजधानीबाट बाट एक/डेढ घन्टामा आरामले पुग्न सकिन्छ । एमाओवादी अध्यक्ष दाहाल भने पाँचखाल हुँदै सडकमार्गबाटै तीन/चार घन्टामा पुग्न सकिने दोलखा, चरीकोटको कार्यक्रम भ्याउन महंगो हेलिकप्टर चार्टर गरेका हुन् । पाँचखालमा मध्यान्ह १२ बजे अवतरण गहेको दाहाल सवार हेलिकप्टर १ घन्टा १० मिनेट चरीकोटका लागि उडेको थियो ।

निर्वाचन आयोगका अनुसार दाहालले पुर्व अनुमतिबिना नै सहज सडकको पहुूच भएको स्थानका लागि हेलिकप्टर प्रयोग गरेका हुन् । यसअघि ओखलढुङ्गा, सोलु, ताप्लेजुङ्ग जस्ता विकट क्षेत्रको प्रचारका लागि आयोगले दाहाललाई यस्तो अनुमति दिएको थियो । ‘सुरक्षा चुनौती र दुर्गमताका कारण दिनै पर्ने अवस्थामा मात्र आयोगले हेलिकप्टर प्रयोगको अनुमति दिन्छ,’ आयोगका एक अधिकारीले भने- ‘त्यती छोटो दुरीमा यस्तो अनुमति पाईदैन भनेर नै उहाूहरुले उडिसकेपछि मात्र बुधबार आयोगमा अनुमतिका लागि पत्र पठाउनुभएको रहेछ ।’

हेलिकप्टर दुरुपयोगलाई ‘मिचाह प्रवृत्ति’का रुपमा लिदै निर्वाचन आयोगले दाहालसंग प्रष्टिकरण सोध्ने तयारी गरेको छ । ‘निर्वाचनको वातावरण बनाउने काममा लाग्नुपर्ने शीर्ष नेताहरुबाट यस्तो ब्यवहार हुनु दुःखद हो,’ प्रमुख निर्वाचन आयुक्त नीलकन्ठ उप्रेतीले भने- ‘यस्तो मिचाह प्रवृत्ति राम्रो होइन । हामी तत्कालै कारावहीको प्रक्रिया सुरु गर्छौ ।’

कानुनका नजरमा सबै समान रहेकाले आचारसंहिताको उल्लंघनका घटनामा पनि समान माअनुमति बिना हेलिकप्टर प्रयोग गरिएको घटनयसअघि कांग्रेसका सभापति सुशील कोइरालाले चितवनबाट लमजुङ्ग जान हेलिकप्ट प्रयोग गर्न खोजेका थिए । उडान अनुमतिका लागि मागिएको अनुमतिको जवाफमा आयोगले सडकमार्गनै प्रयोग गर्न गरेको आग्रह कोइरालाले स्वीकार गरेका थिए ।

चुनाव प्रचार गर्न हेलिकप्टर प्रयोग गर्न एमाओवादी अध्यक्ष दाहालले निर्वाचन आयोगलाई बारम्बार दवाव दिएर आचारसंहितानै संसोधन गराएका थिए । आचारसंहिता निर्माणका बेला पनि एमाओवादी प्रतिनिधिले हेलिकप्टर चार्टर निषेध नगर्न सकेजति प्रयास गरेका थिए । महंगो हवाई साधन प्रयोगमा छुट दिंदा सबै दलहरुलाई प्रतिस्पर्धाको समान खेलमैदान प्राप्त नहुने र चुनाव खर्च धान्नै नसकिने विश्लेषणका आधारमा सडकमार्गले नछोएका ११ वटा दुर्गम हिमाली जिल्लामा मात्र यस्तो छुट दिइएको थियो । दाहालको अनुरोध र दवाव पछि आयोगले कात्तिक ६ गते आचारसंहिता संसोधन गरी ‘दैविप्रकोप वा अन्य कारणले सडक यातायात अवरुद्ध भएको अवस्थामा चुनाव प्रचारमा जाने दलका केन्द्रीय पदाधिकारीहरुले आयोगको पूर्व अनुमति लिएर हेलिकप्टर प्रयोग गर्न सक्ने’ निर्णय गरेको थियो ।

निजी हवाई सेवा प्रदायक स्रोतका अनुसार सबैभन्दा कम सिट क्षमताको हेलिकप्टर उडाका लागि पनि प्रतिघन्टा साढे दुई लाख रुपैयाू खर्च हुन्छ । अन्य उम्मेद्वारलाई जस्तै एमाओवादी अध्यक्ष दाहाललाई पनि खर्चको सीमाले छुनुपर्ने हो । आचारसंहिता अनुसार प्रत्यक्ष तर्फका उम्मेद्वारलाई एक निर्वाचन क्ष्ाेत्रमा दश लाख रुपैया सम्म र समानुपातिक तर्फ एक उम्मेद्वार बराबर एक लाख रुपैया सम्म मात्र चुनाव खर्च गर्न सक्छ । खर्चको त्यही सिमा भित्र रहेर एक जना उम्मेद्वारले आफ्नो क्ष्ाेत्रमा दुईवटा सम्म हलुका सवारी साधन मात्र प्रयोग गर्न पाउछ ।

एमाओवादी अध्यक्ष दाहाल मंगलबारमात्रै ओखलढुङ्गा, सेलुखुम्बु र ताप्लेजुङ्गमा चुनाव प्रचारका लागि हेलिकप्टरबाटै पुगेका थिए । त्यसअघि उनी हवाईमार्गबाटै दुर्गम बाजुरा, डोटी र अछाम पुगेका थिए । कात्तिक ६ देखि १० गते सम्म उनी तेहृथुम, धनकुटा, सुनसरी, धनुषा, सिराहा, उदयपुर र सिन्धुलीको दौडाहा भने सडकबाटै गरेका थिए । एमाओवादी अध्यक्ष दाहाललाई लक्षित गरी नेकपा- माओवादीले सडक अवरोध र बन्दका कार्यक्रम बढाएपछि दाहालले सजिलो सहवाईमार्ग रोजेका हुन् ।

दाहालसंग हेलिकप्टर उडानको खर्च स्रोत नमागेको निवर्ाचन आयोगले विभिन्न जिल्लाका सडक किनाराका विद्युत पोलमा टागिएका प्रचार सामगि्र भने हटाईरहेको छ । आचारसंहिता विपरित रंगिन पोष्ट र क्यालेन्डरका कारण काठमाडौं- १ की एमाओवादी उम्मेद्वार रेणु दाहाललाई भने आयोगले प्रष्टिकरण सोधेको छ । रेणुले आफ्नो पिता पुष्पकमलकै शैलीमा अभिवादन गरेको रंगिन फ्लेस र क्यालेन्डर भने नयाँ बानेश्वर क्षेत्रमा छ्यापछ्याप्ती छ ।

विराटनगरमा आफ्नो स्वागतमा तैनाथ सयौ सवारी साधनलाई निशुल्क तेल वितरण गरेका मोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले गल्ति नदोहोर्‍याउने प्रष्टिकरण बुझाएका भरमा उन्मुक्ति पाएका छन् । रेणुले भने आयोगले तोकेको तीन दिनको समय सीमा बुधबार प्रष्टिकरण समेत नबुझाई गुजारेकी छिन् । त्यसो त कांग्रेस- एमाले सहित अन्य राजनीतिक दलहरुबाट पनि पर्चा- पोष्टरमा आचारसंहिता उल्लंघनका घटना भइरहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया