Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

jhala-nath uml-chairmanकाठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई फकाउन थालेका छन् । उनले चुनाव भाँड्नुभन्दा एमालेलाई सहयोग गरे चुनावपछि उनीहरूलाई सहयोग गर्ने वचन दिएका छन् ।

‘मुलुक चुनाव केन्द्रित भइसक्यो, चुनाव बिथोल्नुभन्दा हामीलाई सघाउनुस्,’ उनले इलाम क्षेत्र नं १ अन्तर्गत बुधबार लक्ष्मीपुर गाविसमा आयोजित चुनावी कार्यक्रममा भने, ‘एमाले सहयोग गर्न प्रतिबद्ध छ ।’

खनालले माओवादीले भनेजस्तो गोलमेच सम्मेलन असान्दर्भिक रहेको बताए । ‘उहाँहरू जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे भन्नुहुन्न त्यो गर्नुहुन्छ,’ उनले भने, ‘गोलमेच बैठकको आयोजना गर्नु भनेको अहिलेको परिस्थितिसँग नमिल्ने कुरा हो ।’

 

तपाईको प्रतिक्रिया