Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025
paras sahकाठमाडौं- पूर्वयुवराज पारसकी प्रेमिका ‘लिन’ भनिने कन्निका चाइसानका कारण शाही परिवार तनावमा परेको छ ।
थाइल्याण्डमा रहेका पारसले दशैंमा कन्निकालाई सँगै काठमाडौं ल्याउने खबर पठाएपछि कान्छी श्रीमतीका रुपमा भित्राउन खोजेको आशंकामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार चिन्तामा परेको हो ।
बाबुआमालाई पारसले लिनसँग बिहे नै गर्ने बताएका छैनन् । दशैंको टीका लगाउन काठमाडौं आउँदा प्रेमिकालाई सँगै ल्याउने सन्देश निरन्तर बाबुआमालाई पठाइरहेका छन् । दशैंका बेला लिनलाई ल्याएर कान्छी बनाउने भयले ज्ञानेन्द्र शाहको परिवारले पारसलाई फकाउने प्रयास गरेका हुन् ।
मुटुको बिरामी भएकाले पारसलाई जवर्जस्ती गर्ने पक्षमा ज्ञानेन्द्र परिवार छैन । सकेसम्म सम्झाएरै पारसलाई लिनसँगको सम्बन्धबाट अलग गराउने प्रयास उनीहरुको छ । तर, पारसले निर्मल निवासमा आफ्ना लागि छुट्टै घर बनाइदिन बाबुआमालाई सन्देश पठाएको स्रोतलाई उदृत गर्दै आजको नयाँ पत्रिकाले खबर छ ।
पूर्व युवराज्ञी हिमानी केही दिनअघि पारसलाई सम्झाउन एक्लै बैंकक गएकी थिइन् । श्रीमानलाई प्रेमीकाबाट टाढा बनाउन बैंकक गएकी हिमानी निरास हुँदै काठमाडौ फर्किएकी थिइन् ।
हिमानी असफल भएपछिउनका मामा किशोरविक्रम मल्ल पासरलाई सम्झउनै बैकक गएका छन् । उनी गत बिहिबार थाइ एयरलाइन्सको नियमित उडानबाट बैंकक गएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया