Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं – माओवादीका असन्तुष्ट लडाकूले समायोजन र स्वेच्छिक अवकाशमा जान चाहनेलाई धेरै समयसम्म सँगै राख्नु ठीक नहुने भन्दै स्वेच्छिक अवकाशमा जानेलाई छिटो बिदा गर्न सरकारसित माग गरेका छन्  । सात वटै डिभिजनका डिभिजन सहकमाण्डर देखि कम्पनी सहकमाण्डरसम्मका १८ जना लडाकू कमाण्डरले प्रधानमन्त्री बाबुराम भट्टराईलाई शनिबार ज्ञापनपत्र बुझाउँदै अवकाशमा जानेलाई पुष मसान्तसम्म बिदा गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री भट्टराईले पुरा गर्न नसकिने कुनै माग नरहेकोले सबै माग छिटो सम्बोधन गर्ने आश्वासन दिएको जानकारी दिनुभयो । ‘हामीले सबै माग पुष मसान्तसम्म पुरा गर्नुपर्छ भनेका छौँ’, ‘प्रधानमन्त्रीले छिटो सम्बोधन गर्छु भन्नुभएको छ ।’
 विज्ञप्तीको पूर्ण पाठ

सम्माननीय प्रधानमन्त्री ज्यू,
तथा संयोजक ज्यू
सेना समायोजन विशेष समिति
सिंहदरबार, काठमाडौं ।
विषयः ज्ञापन–पत्र
मितिः ०९ पुस, ०६८
उपरोक्त सम्बन्धमा मिति २०६८ मंशिर ११ गते स्वेच्छिक अवकासमा सहभागि जनमुक्ति सेनाका प्रतितिधिहरुको तर्फवाट सेना समायोजन विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक श्री वालानन्द शर्मा समक्ष ६बुँदे माग पत्र पेश गरेको स्मरण गराउन चाहन्छौं । वर्गिकरण सम्बन्धी सम्पूर्ण काम सम्पन्न भैसकेपश्चात मिति २०६८ पौष ३ गते बसेको विशेष समितिको वैठकले सो वारे कुनै पनि सुनुवाई नगरेकोले संघर्षको निरन्तरता स्वरुप यो ज्ञापन पत्र पेश गरेका छौं । सेना समायोजन तथा पुर्नस्थापनाको कार्य सम्पन्न हुनु उपलब्धिकै कुरा हो । हामीले प्रस्तुत गरेका माग राज्यको हैसियत तथा न्यूनतम मानवीय ब्यवहार भन्दा बाहिरका विषय हुँदै होइनन् । हामी विनम्रतापूर्वक थप जोड गर्न चाहन्छौं कि त्यसको उचित सुनुवाई होस् । सामान्य थपघटसहित मागहरुलाई निम्न बमोजिम पुनः उल्लेख गर्दछौं :
मागहरु
१. स्वेच्छिक अवकासमा जाने जनमुक्ति सेनाका योद्धाहरुलाई राष्ट्रिय सम्मान पत्रको ब्यवस्था गर्नुका साथै क्यान्टोन्मेन्टको गम्भिरतालाई मध्यनजर गरी यथाशिघ्र विदाई प्रक्रिया सुरु गर्नुपर्ने ।
२. घाईते योद्धाहरुलाई विशेष सम्मान पत्रको ब्यवस्थासहित अपाङ्गताको प्रकृतिका आधारमा बर्गिकृत गर्नुपर्ने । पूर्ण अपाङ्गहरुको लागि आजीवन उपचार, निवृत्तिभरण तथा आवासको ब्यवस्था गर्नुपर्ने र अपाङ्गताको प्रकृतिका आधारमा थप रकम उपलब्ध गर्नुपर्ने ।
४. स्वेच्छिक अवकासमा जानेहरुलाई दिईने रकम तत्काल एकमुष्ट उपलब्ध गर्नुपर्ने ।
५. स्वेच्छिक अवकासको प्याकेज अनमिनको प्रमाणिकरणका आधारमा तहगत रुपमा हुने भएकोले सो को तह विभाजन ब्रिगेड कमाण्डरदेखि डिभिजन कमाण्डरसम्म ८ लाख, ब्रिगेड सहकमाण्डरदेखि बटालियन सहकमाण्डरसम्म ७ लाख, कम्पनी कमाण्डरदेखि प्लाटुन सहकमाण्डरसम्म ६ लाख र सेक्सन कमाण्डरदेखि तलको सम्पूर्णलाई ५ लाख रकम उपलब्ध गर्ने ।
५. सुत्केरी, गर्भवती र वालबच्चाहरुका लागि विशेष ब्यवस्था गर्नुपर्ने ।
६. विगत युद्धकालमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीबाट विद्रोह गरी जनमुक्ति सेनामा सामेल योद्धाहरुको नाममा जारी मुद्दा अविलम्ब खारेज गरिनुपर्ने ।
तपशिल
उदय बहादुर चलाउने ‘दिपक’ — डिभिजन सहकमाण्डर (तेस्रो डिभिजन)
रामलाल रोका मगर ‘मदन’ — डिभिजन सहकमाण्डर (पाँचौं डिभिजन)
दुर्गाप्रसाद चौधरी ‘सन्तोष’ — डिभिजन सहकमाण्डर (छैठौं डिभिजन)
बाबुराम किराती ‘विवश’ — व्रिगेड सहकमाण्डर (प्रथम डिभिजन)
दिपेन्द्रकुमार घर्ती ‘प्रभाकर’ — व्रिगेड सह–कमाण्डर (पाँचौं डिभिजन)
इमाश्वर देवकोटा ‘विराग’ — व्रिगेड सह–कमाण्डर (छैटौं डिभिजन)
देवकुमार मादेन लिम्बु ‘संगीत’ — ब्रिगेड सहकमाण्डर (प्रथम डिभिजन)
होलीका के.सी. ‘नविना’  — व्रिगेड सह–कमाण्डर (पाँचौं डिभिजन)
भगवती थापा ‘अनुपम’ — बटालियन कमाण्डर (छैटौं डिभिजन)
धन बहादुर पन्त किर्तिमान — वटालियन कमाण्डर (चौथो डिभिजन)
नरेश थापा ‘अजय’ — बटालियन कमाण्डर (पाँचौं डिभिजन)
प्रेमबहादुर ओली ‘बिनाशक’ — बटालियन कमाण्डर (चौथो डिभिजन)
रणबहादुर बुढा ‘राजकुमार’ — वटालियन सहकमाण्डर (सातौं डिभिजन)
बीरबहादुर विसी ‘रचित’ — बटालियन सह–कमाण्डर (छैटौं डिभिजन)
धनबहादुर बोगटी ‘अडिग’ — बटालियन सह–कमाण्डर (छैटौं डिभिजन)
राज देव रमन — कम्पनी कमाण्डर — (दोश्रो डिभिजन)
दिपेन्द्रबहादुर बस्नेत ‘संघर्षशील’ — कम्पनी सह— कमाण्डर (तेश्रो डिभिजन)

तपाईको प्रतिक्रिया