Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025
embassyकाठमाडौं- मलेसियाले अवैध कामदारमाथि धरपकड सुरु गरेपछि स्वदेश फर्कन लागेका नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासका कर्मचारीले ‘ट्राभल डकुमेन्ट’ बनाउन अनधिकृत पैसा उठाएका छन् । मलेसियाको अध्यागमन विभागले सेप्टेम्बर पहिलो साताबाट व्यापक धरपकड थालेपछि अवैध बसेका नेपाली कामदारले स्वदेश फर्कन दूतावासबाट ट्राभल डकुमेन्ट बनाउनुपर्ने हुन्छ । त्यसका लागि जाने कामदारलाई दूतावासका द्वितीय सचिव चक्र सुवेदी र कर्मचारी कृष्ण विष्टले अनधिकृत रुपमा रकम उठाइरहेको नेपाल फर्किएका कामदार र मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले आरोप लगाएका आजको नागरिक दैनिकमा खबर छ ।
दुई साताअघि फर्किएका जनकपुर धनुषाका सुशीलकुमार मण्डलले दूतावासमा अवैधानिक कामदारको भीड लागे पनि कर्मचारीले पैसा नलिई कामै नगर्ने बताए । ‘मलेसियामा अवैध कामदार दोहोरो मारमा परेका छन्, दूतावासले पैसा नलिइ कामै गर्दैन,’ उनले भने, ‘ट्राभल डकुमेन्ट बनाएर फर्केने बेलामा पनि मलेसियाको अध्यागमन विभागलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।’
दूतावासका कर्मचारीले पैसाका लागि धेरै दुःख दिने गरेको उनले बताए । ‘दूतावासका चक्र सुवेदी र कृष्ण विष्टले सिधै पैसा माग्छन्, नत्र कामै गर्दैनन्,’ मण्डलले भने । १ सय ६० रिङ्गेटमात्र लाग्ने ट्राभल डकुमेन्ट बनाउन २ हजार ८ सय रिङ्गेट तिर्नुपरेको उनले दुःखेसो पोखे ।
क्वालालम्पुरस्थित नेपाली दूतावासमा ट्राभल डकुमेन्ट लिन अहिले अवैध नेपाली कामदारले दूतावासमै रात बिताउन थालेका छन् । दूतावासले कार्यालयको भुइँतलाबाटै ट्राभल डकुमेन्ट बाँडिरहेको छ । केही कर्मचारीको मिलेमतोमा ट्राभल डकुमेन्ट ३ हजार रिङ्गेटसम्ममा स्थानीय नेपाली होटल तथा दूतावास नजिकका व्यक्तिबाट दिने गरिएको पीडित कामदारले बताएका छन् ।
ट्राभल डकुमेन्ट बनाउन सातादेखि दूतावास धाइरहेका राजकुमार राईले केही कर्मचारी नेपालको कालोसूचीमा रहेका नेपालीसँग मिलेर कमाउने धन्दा चलाइरहेका बताए । ‘दूतावासका सुवेदी सरले एकजना नेपाली लोचन विमलीसँग मिलेर दूतावासको चौथो तलामा फोटोकपी मेसिन राखेर पैसा असुलिरहेका छन्,’ राईले टेलिफोन सम्पर्कमा भने, ‘कर्मचारीले बाहिरका मान्छेलाई दूतावासमा सहयोग माग्नुको अर्थ के होर’ हामीले यो विषयमा कार्यवाहक राजदूतसँग कुरा राख्न खोज्दा पनि समय पाएनौं ।’
उनका अनुसार दूतावासले लोचन विमली र सन्तोष कार्कीलाई सजिलै प्रवेश दिने र पैसा उठाउन लगाउने गरेको छ । यदि दूतावासले अनधिकृत काम भएको छैन भन्छ भने चौथो तलाको पसल र ती व्यक्तिलाई किन राखेको हो जवाफ दिनुपर्छ ।
साँच्चै मर्कामा परेका नेपालीको कामै हुने नगरेको उनले बताए। सुरुमा पीडित नेपाली काम हुँदैन कि भन्ने डरले दूतावासविरुद्ध बोल्न सक्थेनन्, तर अहिले विरोध सुरु भइसकेको उनले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया