Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
donकाठमाडौं- राजधानीमा सशस्त्र आपराधिक समूहको गतिविधि बढेको छ । दुईवटा सशस्त्र समूहलाई विस्फोटक पदार्थसहित पक्राउ गरेपछि यस्तो खुलेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले चन्दा माग्दा नदिएपछि राजधानीमा बम विस्फोट गराउने दुईजनालाई पक्राउ गरेको छ । महाशाखाले गत साउन १० गते बल्खुका नवराज भुसालको घरमा बम विस्फोट गराउने गिरोहलाई पक्राउ गरेको हो । उनीहरूले २०६६ सालदेखि आपराधिक गतिविधि गरेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार माओवादीनिकट रहेका भुसालको घरअघि बोतलभित्र विस्फोटक पदार्थ राखी विस्फोट गराएका थिए ।
अपराध महाशाखाका एसएसपी विजयलाल कायस्थका अनुसार यो आपराधिक गिरोहको लहरो कारागारसम्म पुगेको छ । प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा केन्द्रीय कारागारमा रहेका पूर्वमाओवादी लडाकु श्याम शर्माको निर्देशनमा धम्क्याउने र रकम असुल्ने गरेको भेटिएको छ । २०६२ सालमा माओवादी लडाकुबाट बहिर्गमन भएपछि उनी समूह बनाएर आपराधिक गतिविधिमा लागेको प्रहरीको भनाइ छ ।
चुनावी सुरक्षाका लागि गहृ मन्त्रालयले गत साउन १५ गते क्षेत्रीय प्रशासकहरूलाई राजधानीमा डाकेर गरेको सुरक्षा भेलामा समेत राजधानीको सुरक्षा चिन्ता बढी गरिएको थियो । राजधानीमा आपराधिक गतिविधि गराउन सहजता र चर्चा बढी बटुलिने हुनाले सहरकेन्द्रित घटना घटाउन सक्ने अनुमान बैठकमा गरिएको थियो । ‘राजधानीको सुरक्षा चिन्ता सबैलाई बढी थियो,’ बैठकमा सहभागी एकले भने, ‘धेरै मानिसको भीडभाड र प्रविधियुक्त सुरक्षा प्रणालीको व्यवस्था नहुनुको फाइदा त्यस्ता समूहले उठाउन सक्ने आकलन गरिएको थियो ।’
त्यसलगत्तै गृहमन्त्री माधव घिमिरेले तीनवटै सुरक्षा निकायका प्रमुख र राजधानी काठमाडौंसहित ललितपुर र भक्तपुरका सुरक्षा प्रमुखलाई गृहमा डाकेर कडा सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिएका थिए । उनले आपराधिक समूहको ‘तार्गेट’ राजधानी हुनसक्ने भएकाले त्यसतर्फ सचेत रहूदै अपराधीलाई नियन्त्रणमा राखेर काम गर्न भनेका थिए । राजधानीको सुरक्षामा ठूलो चुनौती साना हतियार भएको बैठकमा निष्कर्ष निकालिएको थियो । साना हतियारसहित समातिएका व्यक्तिहरूको पृष्ठभूमिले समेत सुरक्षामा खतरा उत्पन्न गराएको सुरक्षा निकायका प्रमुखहरूले जानकारी गराएका थिए । ‘कतिपय घटनामा राजनीतिक पृष्ठभूमिका पूर्वमाओवादी लडाकु, बहिर्गमित लडाकु र पूर्वसेना, प्रहरी नै संलग्न भएको पाइएको छ,’ बैठकमा सहभागी एक सुरक्षा अधिकृतले भने, ‘हतियारसम्बन्धी राम्रो ज्ञान भएका व्यक्ति अपराधमा जोडिनु राजधानीका लागि सुरक्षा खतरा हो ।’
यस्तै सशस्त्र समूहका गतिविधिमाथि समेत विशेष निगरानी बढाउनुपर्ने जनाइएको छ । जनतान्त्रिक तराई मुक्ति (राजन मुक्ति) लगायतका दस सशस्त्र समूहका गतिविधिलाई रोक्नका लागि सुरक्षा सतर्कता जरुरी भएको बैठकको निष्कर्ष छ । आसन्न चुनावका लागि भन्दै चुनाव पक्षधर दलका युवादस्ताले चुनावका लागि भन्दै चन्दा आतंक मच्चाउने भएकाले त्यस्ता समूह वा व्यक्तिलाई समयमा नै नियन्त्रणमा लिएर निरुत्साहित गर्ने योजना बनाएको छ । ‘व्यापारी, व्यवसायीलाई धम्क्याएर चन्दा असुल्न सुरु हुनेबित्तिकै उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही गरे अन्य व्यक्तिहरू निरुत्साहित हुन्छन्,’ एक अधिकृतले भने, ‘पार्टीका भ्रातृ संगठनबीच लिएर हुने झडप पनि अर्को मुख्य चुनौती हो ।’
राजधानी बाहिरबाट आएर आपराधिक घटना घटाई पुनः बाहिरिन सक्ने वा राजधानीमै पनि लुक्न सक्ने सम्भावना दोहोर्‍याउूदै राजधानी छिर्ने नाकामा सुरक्षा कडाइ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । त्यसको केही दिनअघि विभिन्न स्थानमा विस्फोट योजना बुन्दै गरेको अवस्थामा संयुक्त जातीय मुक्ति मोर्चाका वीरेन्द्रकुमार तामाङ, सनबहादुर परियार, सुमन कार्की, निमा शेर्पा, सन्तोष माझी र भानी नाथलाई साउन १८ गते प्रहरीले पक्राउ गरेको थियो । मंसिर ४ गते संविधानसभा निर्वाचनलाई लक्षित गरेर काठमाडौं उपत्यकामा शृङखलाबद्ध बम विस्फोट गराउने उद्देश्यले विभिन्न किसिमका बम बनाउन प्रयोग हुने कच्चा पदार्थ उपत्यका भित्र्याएको अवस्थामा पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट गन पाउडर, बम बनाउन प्रयोग हुने विभिन्न तार, फ्युज, फलामका पाइप लगायतका सामग्री फेला पारेको थियो । यो समूह दुई सालअघि बबरमहलमा ३ जनाको ज्याने गरी भएको विस्फोटमा समेत जोडिएको थियो । त्यसको केही दिनपछि राजधानीबाटै तराई कोब्राका सञ्जय मिश्रालाई समातेको थियो । तराईमा सशस्त्र गतिविधि गरिरहेको यो समूहका मिश्रा पनि राजधानीमा आपराधिक गतिविधिकै लागि आएको हुनसक्ने प्रहरीको भनाइ छ । मिश्रा अपहरण तथा शरीर बन्धक र हातहतियार खरखजनाको मुद्दामा फरार थिए ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएअनुसार राजधानीमा झन्डै दुई दर्जन सशस्त्र समूह सक्रिय छन् । आयुक्त कार्यालयका अनुसार राजधानीलाई आफ्नो आधार क्षेत्र बनाउनेदेखि बाहिरबाट आएर आपराधिक गतिविधि गर्ने समूहहरू देखिएका छन् । आयुक्तको कार्यालयले गत वैशाखमा ३ वर्षे आपराधिक घटनाको सुरक्षा विश्लेशण गर्दै त्यसका आधारमा राजधानीभित्र १७ वटा आपराधिक समूह सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।
विस्फोटक पदार्थसहित समातिएको संयुक्त जातीय मुक्ति मोर्चासँगै ललितपुरको एजम्सन चर्चमा बम विस्फोट गराउने डिफेन्स आर्मीलगायत १७ वटा समूह राजधानीमा सक्रिय छन् । उनीहरूले कुनै न कुनै प्रकारले आपराधिक गतिविधि गरिरहेको प्रहरीले जनाएको छ । चन्दा उठाउने, धम्क्याउने जस्ता गतिविधि गरिरहेका छन् । तिनीहरूमा अखिल तराई मुक्ति मोर्चा गोइत, प्रताप र ज्वाला सिंह समूह, तराई कोब्रा, राष्ट्रिय आर्मी नेपाल, नागराज समूह, इन्टरनेसनल टाइगर्स, किराूत जनवादी वर्कस पार्टी, क्रान्तिकारी जनवादी मोर्चा, दलित मुक्ति फोर्स, नेपाल स्वतन्त्र दल, माओवादी कम्युनिस्ट केन्द्र नेपाल, राजधानी टाइगर, तराई फोरम कमान्डो, हिन्दु सेना नेपाल, गोर्खा मुक्ति मोर्चा, नेसनल टेरोरिस्ट इन्काउन्टर र नेपाल पुलिस आर्मीलगायत समूह सक्रिय छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया