Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
काठमाडौं- छोरीको अन्तरजातिय प्रेम सम्बन्ध टुटाउन विष्णुबहादुर श्रेष्ठले छोरीलाई जापान पठाएका थिए । छोरी रिजु श्रेष्ठ अनिच्छाका बाबजुद परिवारको दबाबमा अध्ययनका लागि जापान त गइन् तर जापानमा पढाइतिर भन्दा उनको मन हरपल आफ्नो प्रेमीतिरै थियो । यसैले ६ महिनापछि नै उनी जापानबाट भागेर प्रेमी बिजय पूर्वेलाई भेट्न फ़र्कने निर्णय गरिन् ।
उनी सोमवार काठमाण्डौ विमानस्थलमा उत्रिइन् । तर फ़र्कने  क्रममा झमेलामा परिन् । ड्रागन एयरमार्फत हङकङको ट्रान्जिट भएर आएकी उनको बाटोमै पासपोर्ट हरायो । त्रिभुवन विमानस्थलमा चेकजाँच गर्दा पासपोर्ट नभएपछि उनलाई अध्यागमन कार्यालयले पक्राउ गर्‍यो । अध्यागमन कार्यालय विमानस्थलले कारबाहीका लागि सोमवार नै अध्यागमन विभाग कालिकास्थान पठायो ।
उनी जापानबाट फर्किएको खबर पाएपछि उनका प्रेमी विजय पूर्वै त लिन जाने नै भए उनका आमाबुबा पनि विभागमा उपस्थित भए । उनलाई विभागले तारेखमा छाड्ने निर्णय गर्‍यो । प्रेमीकै यादमा देश फर्किएकी उनी त्यहाँ दोस्रो झमेलामा परिन् । उनलाई कसले बुझेर लैजाने भन्नेमा ठूलै विवाद भयो । पक्राउ परेका व्यक्तिलाई छोड्दा सबैभन्दा निकटको आफन्तलाई बुझाउने गरिन्छ । जसअनुसार रिजुका बुबा उनलाई लिन गएका थिए । तर उनले बुबासंग कुनै हालतमा नजाने  र प्रेमी पूर्वेसंग मात्र जाने अड्डी लिइन् । अध्यागमनका कर्मचारी संकटमा परे र विष्णुबहादुरले छोरीलाई आफूले लैजान पाउनुपर्ने दाबी गरे । उनका प्रेमीको पनि आफ्नो दाबी कायमै थियो । ‘दुबै पक्षका ठूलो समूह नै जम्मा भएको थियो, विभागका शाखा अधिकृत देवर्षि सापकोटा भन्छन्,’कसलाई बुझाउने भन्नेमा ठूलै तनाब मच्चियो ।’ रिजुका प्रेमी मधेसी मूलका भएकाले संस्कृति नमिल्ने भन्दै उनका बुबाले पहिलेदेखि नै सम्बन्धलाई रुचाएका थिएनन् । तर रिजु आफ्नो प्रेमीप्रति पागल भइसकेकी थिइन् । कुनै हालतमा पनि उनी पूर्वेसंग जाने भन्दै परिवारसंग बोल्न पनि अस्वीकार गरिन् ।
विवाद बढ्दै गएपछि रिजु र विजयले एक अर्कालाई श्रीमान श्रीमतीको घोषणा गरे । विजयले विभागका महानिर्देशकलाई पत्र लेख्दै आफूहरुको विवाह एकमहिना भित्र दर्ताको प्रमाणपत्र बुझाउने भन्दै रिजुलाई आफैलाई बुझाउन आग्रह गरे । दुवैजनाले आफूहरु श्रीमान श्रीमती नै भएको भनेर घोषणा गरी निवेदन दिएपछि विभागका कर्मचारी मात्र होइन रिजुका परिवारको समेत केही लागेन । उनका बाबु विष्णुबहादुरले छोरी विजयकै साथ जान लिखित मन्जुरी दिए । यसरी जापानबाट फर्केकै दिन रिजुले अध्यागमन कार्यलयमै बिहे गरेर आफ्नो प्रेम सफल बनाएकी थिइन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया