Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं – सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले संवैधानिक परिषद्‌बाट राजीनामा दिएका छन् ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलिरहेका कारण उनलाई त्यहाँबाट हटाउन केही दिनअघिमात्र प्रधानमन्त्रीका सल्लाहकारलगायतले बाबुराम भट्टराईलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल, सूर्यनाथ उपाध्याय, भोजराज पोखरेललगायतले संवैधानिक परिषद्बाट हटाउन ज्ञापन पत्र दिएका थिए । अख्तियारले दायर गरेको मुद्दामा रहेका गुप्तालाई परिषद्‌मा रहन दिन नहुने उनीहरुको तर्क थियो ।
गुप्ताले परिषद्‍मा बस्नु आफ्नो अधिकार भए पनि प्रश्न उठेकाले राजीनामा दिएको बताए।
तपाईको प्रतिक्रिया