Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
Alchohal_20130720103707बाजुरा- काठमाडौंदेखि पहिलो पटक बाजुरा आएका विकासे कार्यकर्ता प्रद्युम्न अधिकारीले यहाँ बस्दाको अनुभव भिन्दै छ । उनी आफ्नो अनुभव यसरी साट्छन्, ‘बाजुरामा त दूध पाउन मुस्किल, मदिरा त जहाँसुकै पाइदो रहेछ ।’ हुन पनि यस जिल्लामा घरेलु उत्पादित वा आयातित मदिरा नपाइने कुनै गाउँ/टोल नै छैन । अधिकांश जनसंख्या कृषि तथा पशु व्यवसायमा निर्भर भनिए पनि दूध पाउन भने मुस्किल पर्छ । सदरमुकाम मार्तडी या ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार दुग्धजन्य पदार्थ पाइँदैन । दूध र त्यसबाट उत्पादन हुने परिकार दही, घिउ, महीलगायतका पदार्थ विगतको तुलनामा घट्दै गएको स्थानीय बासिन्दा बताउँछन् । ‘दुग्धजन्य पदार्थको स्थान मदिराले लिएको छ,’ कुल्देवमाडौंका स्थानीय बासिन्दा हिक्मत थापाले भने । गाउँघरका बुढापाकाहरू अहिलेको अवस्था देखेर अचम्मै लाग्ने गरेको बताउँछन् । ‘हामी बैंसमा हँुदा सबैजसोले गाईभैंसी पाल्थे, दूधदही अघाउञ्जेल खान्थ्यांै । तर अहिलेका युवाहरू एकाबिहानै भट्टी पसलमा भेटिन्छन्,’ कैलाशमाडौंका ८३ वषर्ीय लालवीर बुढाले भने ।
जिल्ला पशुसेवा कार्यालयका प्राविधिकहरूसमेत जिल्लामा दुग्ध उत्पादन घटेको स्विकार्छन् । ‘चालु आर्थिक वर्षमा करिब एक हजार मेटि्रकटन दूध उत्पादन हुने अनुमान छ,’ कार्यालयका मेगेन्द्र हमालले भने । गाउँघरमा प्रायः सबैजसोले गाईभैंसी पाल्ने गरेपनि उनीहरू व्यावसायिक हुन नसकेको पशु प्राविधिक बताउँछन् । दुग्धजन्य पदार्थ बिक्री गर्ने किसानले भैंसीको दूध मात्रै बिक्री गर्दछन् । ‘गाईको दूध बिक्री गर्ने किसान यस जिल्लामा भेटिदैनन्,’ कार्यालयका अर्का प्राविधिक सिद्धराज जैशीले भने ।
दुग्धजन्य पदार्थ नपाइए पनि मदिरा जहाँसुकै पाइने गरेको प्रहरीसमेत स्विकार्छन् । दुई वर्षअघि यस जिल्लामा मदिराको बिक्री वितरण खुला गरिएपछि छ्याप्छ्याप्ती भएको जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक ईश्वरीदत्त पाण्डेले बताए । अवैध रूपमा उत्पादन गरिने घरेलु र शिलबन्दी भनिने मदिराको बिक्री वितरण निर्वाध रूपमा भइरहेको स्थानीय बासिन्दा बताउँछन् । कानुनी प्रावधानअनुसार घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्नै पाइँदैन भने इजाजत प्राप्त मदिराको कारोवार गर्न पनि निश्चित समय र स्थान तोकिएको छ । तर कानुनको कार्यान्वयन भएको पाइँदैन । प्रहरी नायव निरीक्षक पाण्डे भन्छन्, ‘प्रहरीले बारम्बार नियन्त्रण तथा व्यवस्थित बिक्री वितरणको प्रयास गरे पनि सन्तुष्ट हुने अवस्था छैन ।’ मदिरा बिक्री वितरणको इजाजत दिने निकाय कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लामा हाल ३ सय ५२ जनाले अनुमति लिएर मदिराको कारोबार गरिरहेका छन् भने अनुमति बेगर पनि मदिराको कारोवार गर्नेहरूसमेत प्रशस्तै भएको कोलेनिकाका कर्मचारी बताउँछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया