Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
काठमाडौ – एमाओवादी नेता बाबुराम भट्टराईले वरिष्ठ नेता हुन अस्वीकार गरेका छन् । केन्द्रीय पदाधिकारी र ब्युरो प्रमुखहरूको मंगलबारको बैठकमा वरिष्ठ नेता बस्न सकारात्मक संकेत दिएका भट्टराईले बिहीबार नस्वीकार्ने बताएका हुन् ।
‘पार्टीले मलाई वरिष्ठ नेता बनाउने र मैले स्वीकार्ने अनुमान सही होइन,’ उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, ‘हाम्रो बहस पार्टीको अग्रगामी रूपान्तरण र सुदृढीकरणमा केन्दि्रत छ, रहनेछ ।’
केन्द्रीय पदाधिकारी र ब्युरोको बैठकमा बिहीबार उनले आफूलाई वरिष्ठ नेताको पदमा नराख्न आग्रह गरेको स्रोतले जनायो । ‘अस्ति वरिष्ठ नेता रहन सकारात्मक देखिनुभएको थियो ।
आज अस्वीकार गर्नुभयो’ एक नेताले कान्तिपुरसाग भने, ‘उहाँले पार्टीमा अध्यक्षबाहेक अरू सबै केन्द्रीय सदस्य हुनुपर्ने धारणा राख्नुभयो ।’ आफू पनि वरिष्ठ नेतामा नरहने र अरूलाई पनि पदाधिकारीमा नराख्ने प्रस्ताव भट्टराईले ल्याएको ती नेताले बताए ।
भट्टराई निकट नेता टोपबहादुर रायमाझीले भने पार्टीले वरिष्ठ नेता बन्न आग्रह गरेको बताए । ‘उहाँलाई पार्टीले वरिष्ठ नेता बन्न आग्रह गरेको हो, उहाँले मागेको होइन’ उनले भने, ‘उहाँले पार्टीले भनेको कुरा मान्छु भन्दै आउनुभएको छ ।’
बिहीबारको बैठकमा उनले आफूलाई वरिष्ठ नेता, उपाध्यक्ष कुनै पद  नचाहिएको भन्दै बाहिरै रहेर पनि काम गर्न सकिने बताएको रायमाझीले जनाए ।
अध्यक्ष पुष्पकमल दाहाललगायत केन्द्रीय पदाधिकारीहरू भने विस्तारित बैठकबाट भट्टराईलाई वरिष्ठ नेताका रूपमा अनुमोदन गराउने तयारीमा छन् । उनीहरू त्यसका लागि सकभर भट्टराईलाई मनाउने कसरतमा छन् । भट्टराईले उपाध्यक्षलगायत कार्यकारी पद त्यागेकाले वरिष्ठ नेता हुँदा पदका लागि मोलमोलाई गरेको अर्थ लाग्ने भन्दै नमानेको पनि केहीको भनाइ छ । ‘आफूले उपल्लो पदका लागि पद त्याग गरेको जस्तो नपरोस् भनेर बाबुरामजीले वरिष्ठ नेता अस्वीकार गर्ने भन्नुभएको होला,’ एक नेताले भने ।
दाहालले तयार गरेको सांगठनिक प्रस्तावमा तीन विकल्प छन् । जसअनुसार भट्टराईले पद त्याग फिर्ता लिने वा अध्यक्ष र केन्द्रीय सदस्यहरू मात्र राख्ने वा भट्टराईलाई वरिष्ठ नेता बनाएर हालकै केन्द्रीय पदाधिकारी कायम राख्ने उल्लेख छ ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने हेटौंडा महाधिवेशनले चयन गरेको केन्द्रीय पदाधिकारी विघटन गर्न नहुने पक्षमा छन् । विघटन गर्दा महाधिवेशनको निर्णय उल्लंघन हुने उनले बैठकमा बताउँदै आएका छन् ।
भट्टराईले अनुपयुक्त समयमा पद त्याग गरेको निष्कर्ष निकाल्दै विस्तारित बैठकले गरेको निर्णय मान्नुपर्ने दबाब छ । विस्तारित बैठकले कार्यकारी पदमा नरहने निर्णय फिर्ता लिई वरिष्ठ नेता बस्ने निर्णय गरे उनले मान्नुपर्ने हुन्छ । केन्द्रीय समितिभन्दा विस्तारित बैठकको निर्णय शक्तिशाली हुन्छ ।
बिहीबार पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलको संयुक्त बैठकमा भट्टराई उपाध्यक्ष पदमा नफर्के पनि वरिष्ठ नेता भएर काम गर्नुपर्ने सुझाव अधिकांश नेताहरूले दिएका थिए । उनीहरूले निर्वाचनको मुखमा पद त्यागको विवाद लम्ब्याए पार्टीलाई नोक्सान हुने भन्दै पार्टी निर्णय भट्टराईले मान्नुपर्ने बताएका थिए ।
‘ब्युरोहरूका बैठकमा अधिकांशले महाधिवेशन म्यान्डेटअनुसार केन्द्रीय पदाधिकारी राख्नुपर्ने सुझाव आएको छ,’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘बाबुरामजीको पद त्यागबारे वरिष्ठ नेता बनाउनेलगायत अन्य विकल्पमा पनि छलफल भइरहेको छ ।’
भट्टराईको पद त्यागबारे निर्णय हुन नसक्दा नेताहरूको कार्यविभाजन अन्योलमा परेको छ । विस्तारित बैठक ललितपुर बालकुमारीस्थित खन्ना गार्मेन्टमा हुँदैछ । यही गार्मेन्टमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रशिक्षणमा करिब ४ वर्षअघि बाबुराम भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए ।
विस्तारित बैठकमा सल्लाहकार, केन्द्रीय सदस्य, ब्युरो प्रमुख, राज्यसमिति इन्चार्ज, जिल्ला इन्चार्ज र भ्रातृ संगठनका अध्यक्ष गरी करिब पाँच सयको सहभागिता हुनेछ । बैठक तीन दिन चल्नेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया