Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

hisila yami_20121003082923काठमाडौ – एमाओवादी उपाध्यक्ष पद त्यागेका बाबुराम भट्टराईले त्यसबारे पुनर्विचार गर्न पत्नी हिसिला यमीले गरेको आग्रह अस्वीकार गरेका छन् । उनले पत्नी यमीसँग कुनै सल्लाह नगरी पदत्यागको घोषणा गरेको दुई दिनपछि यमीले पुनर्विचार गर्न आग्रह गरेकी हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार पूर्वस्थायी समिति, ब्युरो प्रमुखहरूको मंगलबारको बैठकमा पार्टी सुदृढीकरणका लागि राम्रो सुरुआत भए पनि यतिबेला पदत्याग गर्नु उपयुक्त समय नभएको भन्दै पुनर्विचार गर्न यमीले आग्रह गरेको एक नेताले बताए । पार्टीको कोषाध्यक्ष पदमा यमीको नाम प्रस्तावित छ ।
‘हिसिलाजीलगायत हामी सबैले पुनर्विचार गर्न बाबुरामजीलाई आग्रह गर्‍यौं,’ ती नेताले भने, ‘तर बाबुरामजीले मान्नुभएकै छैन ।’ यमीले भने पार्टी सुदृढीकरण गर्ने अभियानलाई ध्यान दिएर भट्टराईले पदत्याग गरे पनि त्यसबारे अन्तिम निर्णय विस्तारित बैठकले गर्ने बताइन् ।
भट्टराईले पार्टीभित्र उकुसमुकुस भएका बेला आफूले ‘भेन्टिलेसन’ खोलेको जिकिर गरेका थिए । ‘मैले भेन्टिलेसन खोलेको हुँ,’ उनको भनाइ थियो, ‘यतिबेला अध्यक्ष -पुष्पकमल दाहाल) ले छाड्न मिल्ने अवस्था थिएन । त्यसैले मैले सुरुआत गरेको हुँ ।’
हेटौंडा महाधिवेशनले पारित गरेको ‘पुँजीवादी जनवादी क्रान्ति’ को कार्यदिशा कार्यान्वयन गर्ने बेला आकस्मिक रूपमा पदत्याग गर्नु उपयुक्त नभएको सुझाव नेताहरूले सुझाव दिएका थिए । पदत्यागले एमाओवादीको चुनावी रणनीतिलाई समेत प्रभाव पार्न सक्ने उनीहरूको भनाइ थियो ।
‘महाधिवेशनको कार्यदिशा कार्यान्वयनमा लैजाने बेला, चुनावको मिति घोषणा भएका बेला पदत्याग नगरेको भए हुन्थ्यो भन्ने कुरा उठ्यो,’ बैठकमा सहभागी नेता देवेन्द्र पौडेलले जानकारी दिए । पदत्याग गरी साधारण सदस्य भएका भट्टराई पूर्वउपाध्यक्षका हैसियतले बैठकमा सहभागी भएका थिए । औपचारिक पदमा नरहे पनि पार्टीमा सक्रिय रहने बताएका भट्टराईका लागि पद सिर्जना गर्ने गृहकार्यमा एमाओवादी लागेको छ ।
केही नेताहरूले भट्टराईका लागि वरिष्ठ नेताको पद सिर्जना गर्न अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । ‘बाबुरामजीले पदत्याग फिर्ता लिने कुरा गर्नुभएको छैन,’ नेता पौडेलले भने, ‘वरिष्ठ नेताको पद दिन सिर्जना गर्न सकिन्छ भन्ने सुझाव पनि आएको छ ।’ भट्टराईले पदत्यागको सुरुआत गरेकाले अन्य नेताले त्यस्तै गरे के गर्ने भन्नेबारे समेत छलफल भएको छ । पदत्याग गर्ने वरिष्ठ नेताहरूलाई समेट्न ‘उच्चस्तरीय समिति’ बनाउने सुझाव पनि आएको पौडेलले बताए ।
नेताहरूले भट्टराईको पदत्याग ‘सकारात्मक’ सोचका साथ आएको भए पनि समय अनुपयुक्त भएको बताएका थिए । ‘उहाँको स्पिरिट ठीक छ,’ नेता राम कार्कीले भने, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने अबको चुनौती हो ।’ नेता रामचन्द्र झाले एमाले राजनीतिक कार्यदिशामा भद्रगोल र एमाओवादी सांगठिक रूपमा अस्तव्यस्त भएको बताएका थिए ।
एमाओवादीले ब्युरोहरूलाई सांगठनिक -बढुवा, पद) सुझाव दिन दुई दिनको समय दिएको छ । ती सुझावका आधारमा दाहालले पार्टीको सांगठिनक नीति बनाउने छन् । त्यो प्रस्तावमाथि बिस्तारित बैठकमा छलफल हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया