Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025
काठमाडौ– नयाँ संविधानमा देखिएको विवाद समाधान गर्न गठित उपसमितिको मंगलबार बसेको बैठकले मतदाताको उमेरका विषयमा कायम विवादलाई अन्त्य गरेको छ । १८ वर्ष पुगेको नेपाली नागरिकले आम निर्वाचनमा भाग लिन पाउने संवैधानिक व्यवस्थाका लागि दलहरु सहमत भएका छन् । दलहरुबीच मतदाताको उमेर १६ वा १८ राख्ने विषयमा मतभेद रहेको थियो ।
त्यस्तै,मिश्रित निर्वाचन प्रणाली अपनाउने बारे पनि दलहरुबीच सहमति बनेको छ । नयाँ संविधानमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणाली अपानाउने व्यवस्था गरिने भएको छ । प्रत्यक्ष र समानुपातिकका लागि प्रतिशतका विषयमा भने दलहरु सहमतिमा पुगिसकेका छैनन् । ६०/४० वा ५०/५० प्रतिशत राख्ने विषयमा छलफल भइरहेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए । संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको थियो ।
तपाईको प्रतिक्रिया