Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
sibaji ko murtiनयाँदिल्ली – केदारनाथ- बद्रीनाथ तीर्थयात्रामा गएका नेपाली सातादेखि सम्पर्कहीन रहेको भन्दै दिल्लीस्थित दूतावास र अन्य चिनारुसँग नेपालबाट नाम टिपाउने क्रम बढेको छ । कार्यवाहक राजदूत तीर्थराज वाग्लेका अनुसार शनिबार मात्रै नेपालका रुकुम, रोल्पा, सल्यान, रूपन्देहीलगायत जिल्लाबाट सयभन्दा बढी आफन्त सम्पर्कहीन रहेको भन्दै नाम टिपाइएको छ ।
बिचल्ली परेकाको उद्धार तथा सहयोगका लागि उत्तराखण्डको देहरादूनमा पुगेका दूतावास पदाधिकारीहरू सहस्रधारा हेलिप्याडसहित अन्य हवाई अड्डामा सूचना बटुलिरहेका छन् । काउन्सिलर यदुलाल खरेलका अनुसार ठूलो संख्यामा तीर्थयात्रुको उद्धार गरेर सुरक्षित स्थलमा ल्याइए पनि त्यसमा नेपाली तीर्थालुको पहिचान र संख्या यकिन नभएको जानकारी दिए ।
केदारनाथको प्रकोपबाट उम्केर शनिबार बिहान मात्रै हरिद्वार आइपुगेका सल्यानका शिवराज बुढाथोकीका अनुसार सल्यान, बाँसकारा- ७ का इन्द्रबहादुर बुढाथोकी र शिवरथका लक्ष्यबहादुर शाहीको चिसोले कठ्यांगि्रएर र भोकका कारण गत मंगलबार राति निधन भएको छ । दुवैको शव केदारनाथस्थित एक आश्रममा राखिएको शिवराजले जानकारी दिए । उनी आफन्तको खोजी गर्दै हरिद्वारबाट शनिबार अपराह्नै रुपडिया पुगेका छन् ।
बाढीपहिरो पीडितको उद्धारमा भारत केन्द्र सरकार र उत्तराखण्ड राज्य सरकारले सक्दो सहयोग जुटाए पनि नेपाल सरकारले आफ्ना नागरिकको उद्धार/सहयोगमा कुनै आर्थिक प्याकेजसहितको पहल नगरेकामा स्थानीय समुदायले आक्रोश व्यक्त गरेका छन् ।
स्थानीय सरकारले तेहरी बाँध, देहरादून तथा हरिद्वारका सुरक्षित स्थलमा ल्याए पनि त्यहाँबाट नेपाल आउनसमेत केही बेखर्ची रहेको स्थानीय स्वंयसेवी पुष्पराज पाण्डेले बताए । आनन्दमयी आश्रमका प्रबन्धक पाण्डेका अनुसार ७० भन्दा बढी पहिचान गर्नै नसकिने शव स्थानीय राजकीय ऋषिफल आयुर्वेद कलेज, भारत ह्याभी इलेक्टि्रकल लिमिटेड, हरिमिलाप (जीडी) अस्पताल, सीसीआर टावर (सरकारी कार्यालय) लगायतमा राखिएको छ ।
‘आफ्ना सम्पर्कहीन रहेका आफन्तको पहिचान गर्न/गराउन र आफन्तको चिनारी हुने निसासहित जानकारी गराउन हामी अपिल गरिरहेका छौं,’ पाण्डेले भने । उनका अनुसार अहिले हरिद्वारका साना- ठूला सबै आश्रममा गरेर ५ सयभन्दा बढी नेपाली तीर्थयात्रु नेपाल र्फकने अवसर र अनुकूल स्थिति पर्खेर बसिरहेका छन् ।
स्थानीय निकायले सञ्चार माध्यममा दिएको जानकारीमा शनिबार अपराह्नसम्ममा ३५ हजार तीर्थयात्रुलाई हवाई उद्धार तथा गाडीका माध्यमबाट सुरक्षित स्थलमा ल्याइएको छ । तर दिनहुँ गंगा नदीमा शव बगेर आउनेक्रम जारी रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया