Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
Communist-Party-Nepalकाठमाडौ- एमालेले संविधानसभा निर्वाचनको आन्तरिक रणनीति तयार गर्न सुरु गरेको पहिलो चरणको अभियान पूरा गरेको छ । जेठ ३ बाट २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएर एमाले चुनावी अभियान सुरु गरेको थियो । त्यसबाट आएका सुझाव र तथ्यांकलाई संष्लेषण गरेर एमालेले अन्तिम चुनावी योजना बनाउने छ ।
आगामी केन्द्रीय समिति र राष्ट्रिय प्रतिनिधि परिष््को बैठकबाट एमालेको चुनावी रणनीतिले अन्तिम रुप पाउने सचिव विष्णु पौडेलले जानकारी दिए । परिषद् बैठक साउन ४ र ५ गतेका राजधानीमा हुनेछ । ‘परिषद् बैठकअघि केन्द्रीय समितिले स्थानीय प्रतिवेदनहरूको विश्लेषण गर्नेछ,’ सचिव पौडेलले कान्तिपुरसँग भने । केही जिल्लामा अभियान ढिलो सुुरु भएकाले असार पहिलो साता नै हुने भनिएको केन्द्रीय समिति बैठक भने केही पर सर्ने उनले जनाए ।
एमालेले पार्टीको प्रारम्भिक स्थिति बुझ्न र चुनावमा उठाउनुपर्ने एजेन्डाहरूबारे स्थानीय तहसम्म प्रशिक्षित गर्न एक महिने अभियान चलाएको हो । अभियानमा केन्द्रीय नेताहरू नै स्थायीय तहमा खटिएर सरोकारवालाहरूसँग संवाद गरेको पौडेलले जानकारी दिए । आगामी चुनावी घोषणा पत्रमा समेट्नुपर्ने र निर्वाचन क्षेत्रका खास समुदायलाई सम्बोधन गर्नुपर्ने विषयहरूबारे पनि सुझाव संकलन गरिएको एमालेले जनाएको छ ।
स्थानीय जनमत बुझ्न उसले फारम तयार गरी क्षेत्र क्षेत्रमा पठाएको थियो । एमालेका अनुसार केन्द्रीय प्रतिनिधिहरूले वैचारिक र राजनीतिक विषय, संगठन परिचालन, पार्टीको स्थानीय अवस्थाको आँकलन र शक्ति सन्तुलनको अवस्थालगायत मूल्यांकन गरेका छन् । देशभरका प्रतिनिधिहरू राजधानी फर्केर केन्द्रीय समितिले छलफल गरेपछि उनीहरूको प्रतिवेदनको आधारमा चुनावी रणनीतिलाई अन्तिम रूप दिइने सचिव पौडेलले जानकारी दिए ।
एमाले संविधानसभा असफल हुनुका कारणहरू, त्यसमा एमालेको अग्रसरतामा सहमति भएका विषय र अगाडि सारेका प्रस्तावहरूबारे स्थानीय तहमा जानकारी गराएको छ । एमालेले पार्टीकोतर्फबाट संविधानसभाबारे श्वेतपत्र तयार गरी विघटनको कारक एमाओवादीलाई देखाएको थियो । त्यही कुरा चुनावी अभियानमा देशभर सम्प्रेषण गरेको छ ।
एमालेले चुनावी अभियानमा बहुपहिचानसहितको संघीयता, सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको नारा बोकेर चुनावमा भाग लिन लागेको सन्देश स्थानीय तहमा सम्प्रेषण गरेको छ । प्राप्त उपलब्धिको रक्षा, गणतन्त्रको सुदृढीकरण, सामाजिक न्यायसहितको अग्रगामी लोकतन्त्रका लागि ‘एमालेको नीति ः एमालेकै नेतृत्व’को सन्देश एमालेले स्थानीय तहमा लगेको छ ।
लोकतान्त्रिक संविधान निर्माणका लागि एमाओवादीका उग्रवामपन्थी अराजकतावादी र कतिपय सन्दर्भमा दक्षिणपन्थी अवसरवादी विचारहरू, मधेस केन्दि्रत दलहरूका संकीर्ण क्षेत्रीयतावादी र कतिपय दलका जातीय संकीर्णवादी विचारहरू चुनौतीका रूपमा रहेको पार्टी निष्कर्षलाई पनि एमालेले अभियानका क्रममा स्थानीय तहमा सम्प्रेषण गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया