Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
veg_20130606090648काठमाडौं- भारी वर्षाका कारण उपत्यका बाहिरी जिल्लामा तरकारी उत्पदानमा कठिनाई आएपछि राजधानीमा तरकारीको मुल्य बढेको छ । कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितीका अनुसार वर्षाले तरकारी  उत्पादनमा क्षती र टिप्न समस्या भएकाले तरकारीको भाउ बढेको छ । राजधानीमा एक साता अघिको तुलनामा अधिकास तरकारीको होलसेल मुल्य बढेको छ । एक साता अघि किलोको १ सय ५० रुपैया (होलसेल मुल्य) पर्ने च्याउ बढेर २ सय रुपैया पुगेको छ ।
यसैगरी, गोलभेडा, काउली, बोडी, मटर कोशा, घिउसिमी, तिते करेला, लौका, भिण्डी, हरियो प्याज, धनिया, मुला, घिरौला, फर्सी लगायत तरकारीको होलसेल मुल्य बढेको छ । साता अघि किलोको ३५ रुपैया (होलसेल मुल्य) पर्ने स्थानिय काउली बढेर ५१ रुपैया पुगेको छ । किलोको २४ रुपैया पर्ने बोडी बढेर ४४ रुपैया पर्छ  । किलोको ५२ रुपैया पर्ने मटरकोशा ८१ रुपैयामा पुगेको छ । त्यस्तै, किलोको २५ रुपैया पर्ने घिउसिमी बढेर ३२ रुपैया पर्छ ।
राजधानीको करिब ७० प्रतिशत मागलाई पुरा गर्ने कालीमाटी तरकारी बजारमा अहिले दैनिक साढे ६ सय  देखी ७ सय टन तरकारी  भित्रिन्छ । वर्षाले गर्दा तरकारी बजारमा केही समस्या देखिएपनि अहिले खासै अभावको स्थिती नभएको समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठ बताउछन् । उनका अनुसार तरकारी बढी अभाव हुने सिजन असार, साउन र भदौ महिनामा हो । ‘त्यस बेला दैनिक साढे ४ सय देखी  ५ सय टन मात्र तरकारी आयत गर्न सकिन्छ,’ उनले भने ।
समितीका अनुसार ५५ रुपैया पर्ने हरियो धनीयामा ७० रुपैया बढेर किलोको १ सय १४ रुपैया पर्छ । यस्तै, किलोको ३८ रुपैया पर्ने ब्रोकाउली  बढेर ४४ रुपैया  पुगेको छ  । प्रति किलो २६ रुपैया पर्ने हरियो प्याज बढेर ३५ रुपैया पुगेको छ ।
त्यस्तै,किलोको १९ रुपैया पर्ने भिण्डी २९ रुपैया पर्छ । किलोको ३२ रुपैया पर्ने सलगम अहिले किन्दा ४० रुपैया खर्चिनु पर्छ । किलोको १६ रुपैया पर्ने लौका ८ रुपैया बढेर २५ रुपैया पूगेको तरकारी बजारले जनाएको छ ।
धादिङ, काभे्र मकवानपुर, लगायत जिल्लामा भएको भारी वर्षाले तरकारी टिप्न नसक्दा केही तरकारीको मुल्य बढेको तरकारी तथा फलफुल थोक व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले बताए । ‘लोकल उत्पादीत गोलभेडाको मुल्य  सस्तो छ,’ उनले भने । चितवनमा तरकारीको सिजन अफ भएकाले पनि राजधानीमा केही अभाव देखिएको उनले बताए ।
त्यसैगरी, प्रति किलो १७ रुपैया पर्ने भन्टा बढेर २४ रुपैया पूगेको छ । किलोको १६ रुपैया पर्ने तिते करेला ९ रुपैया बढेर २५ रुपैयामा किन्नुपर्छ । किलोको २७ रुपैया पर्ने घिरौला बढेर ३० रुपैया पुगेको तथ्याङकमा उल्लेख छ ।
राजधनीमा  धादिङ, काभे्र, मकवानपुर, चितवन, सलार्ही, रैतहट लगायत जिल्लाबाट तरकारी  भित्रिन्छ । स्थानीय उत्पादनले मात्र तरकारीको माग पूरा गर्न नसक्दा केही समयता भारत, भुटान  चिनबाट  समेत  तरकारी आयत भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया