Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

मुलुककै जेठो दैनिक पत्रिका गोरखापत्र दैनिक ११३ औं वर्षमा प्रवेश गरेको छ ।

वि.सं १९५८ साल बैशाख २४ गतेदेखि नेपालको जेठो समाचारपत्रको साप्ताहिक रुपमा प्रकाशित हुँदे आएको आजको गोरखापत्र १९८३ साल जेठ ४ गते सोमबारअघिसम्र्र्म गोर्खापत्र’ को रुपमा प्रकाशित हुनपुगेको पाइन्छ । १९६० सालमा आएर गोरखापत्रमा साल,महिना,गते र बार स्पष्ट रुपमा खुलाई प्रकाशित गर्ने क्रम सुरु भएको पाइन्छ । वि.सं १९५८ साल बैशाख २४ गतेदेखि १९९१ बैशाखसम्म हरेक हप्ता सोमबारका दिन साप्ताहिक रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र त्यस पश्चात् २००० साल असोज १५ सम्म हरेक हप्ता शुक्रबारका दिन प्रकाशित हुन थालेको पाइन्छ । त्यस पश्चात् वि. स.२००० असोज २९ देखि २००३ साल पुस २ गतेसम्म हप्ताको दुइृ दिन सोमबार र शुक्रबार प्रकाशित हुन थालेको हो । त्यस पछि २००३ साल पुस ८ गतेबाट २०१७ साल फागुन ४ गतेसम्म सोमबार,बुधबार र शुक्रबार गरी हप्ताको तिन दिन प्रकाशित हुँदै आएको गोरखापत्र २०१७ साल फागुन ७ गतेबाट भने दैनिक रुपमा प्रकाशित हुन थालेको पाइन्छ । त्यसैगरी २०२२ साल कात्तिक २ देखि २०२३ साल असोज २२ गतेसम्म गोरखापत्र विहान र साँझ सन्ध्याकालिन संस्करण गरी दैनिक दुई पटक पनि प्रकाशित भएको पाइन्छ । २०१९ साल असार ९ गतेबाट शनिबासरीय परिशिष्टाङ्क प्रकाशनको सुरुआत भएको हो । वि.सं. २०२० साल असार २५ गतेदेखि गोरखापत्र कर्पोरेशन ऐन–२०१९अन्तर्गत गोरखापत्र सस्थानको रुपमा स्थापित गोरखापत्रले सस्थागत स्वरुप प्राप्त गरेको हो । सस्थानको अङ्ग्रेजी प्रकाशन दि नेपलिज पर्सपेक्टिभ शीर्षकको अङ्ग्रेजी साप्ताहिक पत्रिकाको प्रकाशन २०२१ सालको असोज सुरु भएको हो भने सो पत्रिका २०३२ सालसम्म निरन्तर रुपमा प्रकाशित भएको पाइन्छ । २०२२ साल पुस १ गतेबाट अङ्रजेजी दैनिक दि राइजिङ्ग नेपाल, २०२५ साल जेठ महिनादेखि साहित्यिक मासिक मधुपर्क, २०४५ साल असारबाट युवामञ्च मासिक र २०४७ साल वैशाख ९ गतेबाट बालबालिकका लागि मुना मासिक प्रकाशित हुन थालेको पाइन्छ । २०४७ साल वैशाखबाट हरेक आइतबार अङ्ग्रेजी साप्ताहिक सण्डे डिस्प्याच र २०५५ साल वैशाखबाट पारिबारिक मासिक मनोरम अप्सराको प्रकाशन सुरु भएपनि ती प्रकाशनहरु पछि बन्द हुन पुग्यो ।

तस्बिरको हकमा भने वि.सं. १९८४ साल वैशाख १३ गते को गोरखापत्रमा चर्खा बुनिरहेकी एउटी सर्वसाधारण युवतिको तस्विर छापिएको पाइन्छ । श्याम–स्वेतमा छापिदै आएको गोरखापत्र २०५७ साल असार १ गतेबाट रङ्गीन कलेवरमा प्रकाशित हुन थालेको हो । ***

नयाँ पुस्ताको इच्छा र समयको आवश्यकतालाई पच्छाउँदै गोरखापत्रले आफ्नो अनलाइन सेवा समेत सुरु गरेको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया