Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
काठमाडौं – विदेशी भूमिमा बलात्कृत भएर बच्चा जन्माएकी एक युवतीको आमा नाता प्रमाणित गर्न डीएनए परीक्षण हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चूडामणि शर्माको आदेशबाट यस्तो परीक्षण हुन लागेको हो । साउदी अरबमा बलात्कृत भएर फर्केपछि बच्चा जन्माउन बाध्य भएकी एक पश्चिम नेपालकी युवतीको डीएनए परीक्षण राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानअन्तर्गत विधिविज्ञान प्रयोगशालाबाट हुन लागेको हो । ती युवतीको अहिले ६ वर्षकी भइसकेकी छोरीको संरक्षकत्वका विषयमा विवाद भएपछि आमाको नाता प्रमाणित गर्न शर्माले मंगलबार त्यस्तो आदेश दिए ।
खासगरी बाबु को हो वा कुनै व्यक्ति बाबु हो होइन भन्ने निक्र्योल गर्नका लागि मात्र डीएनए परीक्षण हुने परम्परा छ । बलात्कारबाट गर्भ बसेपछि एक चिलियन महिलाको सहयोगमा बच्चा जन्माएकी ती युवती तिनै महिलालाई छोरी जिम्मा लगाई गाउँ फर्केकी थिइन् । राजधानीमा उच्च खानदानका मानिसको संगतबीच हुर्किइरहँदा संरक्षकत्वको विषयमा एक गैरसरकारी संस्थाले उजुरी दिएपछि बालिकालाई सीडीओ शर्माले बालमन्दिर पठाएका थिए ।
हालैमात्र नयाँ घरजम गरिसकेकी ती युवती गोप्यरूपमा काठमाडौं आएर आफ्नी छोरी फिर्ता पाउन निवेदन दिएकी थिइन् । उनले निवेदनका साथ आमा भएको सुस्पष्ट देखाउन जन्मदर्ता प्रमाणपत्र, चिलियन महिलालाई संरक्षकत्व दिएको प्रमाणलगायत पेस गरे पनि सीडीओ शर्माले डीएनए परीक्षणको आदेश दिएका हुन् ।
सीडीओले मंगलबार मात्र यस्तो अनौठो आदेश दिए पनि बालमन्दिरले युवतीलाई दुई हप्ता पहिल्यै डीएनए परीक्षणका लागि आवेदन गरी रगतको नमुना दिन लगाएको पाइएको छ । ‘जन्मदर्ता प्रमाणपत्र देखाउँदा पनि सीडीओले नमानेको खण्डमा पेस गर्नुपर्छ भनेर पहिल्यै त्यस्तो गर्न लगाइएको हो,’ एक जानकार बालमन्दिर स्रोत भन्छ ।
उच्चस्तरीय राजनीतिक पहुँच भएको एक परिवारको ‘इन्ट्रेस्ट’ जोडिएका कारण शर्माले ती बालिका र युवतीलाई अनावश्यक कानुनी चक्करमा पारेको बालमन्दिरका अधिकारीहरू आरोप लगाउँछन् । केही जानकारहरू भने आमाको नाताको सम्बन्धमा गर्न लागिएको डीएनए परीक्षण लाई नै अनौठो मान्छन् । ‘दुईटी महिलाले म आमा हुँ भन्दै दाबी गरिरहेको अवस्थामा पो डीएनए परीक्षण गर्ने हो,’ उनीहरू भन्छन् ।
बालमन्दिरका अधिकारीहरूले डीएनए परीक्षणका लागि पहिल्यै पठाइसकिएको जानकारी गराउँदा शर्माले आफ्नो वा अदालतको आदेशबाट मात्र त्यो गर्न सकिने भन्दै अर्को परीक्षण गर्न आदेश दिएका हुन् । तर प्रयोगशालाले भने एउटै व्यक्तिको एउटै मुद्दामा दुई पटक परीक्षण नमुना लिन नमिल्ने भन्दै शर्माको आदेशअनुसारको नयाँ परीक्षण गर्न अस्वीकार गरिसकेको छ । ‘प्रयोगशालाले भन्यो कि आदेश मान्छौं तर नयाँ नमुना लिइराख्नुपर्दैन,’ बालमन्दिर अधिकारीहरूले भने ।
‘हामीले परेमा देखाउनुपर्छ भनेर परीक्षण गराएर बसेको, सीडीओले त नभइहुन्न भने,’ बालमन्दिर स्रोत भन्छ । बालमन्दिर अधिकारीहरूका अनुसार शर्माले सुरुमा ती युवतीसँग कुरा गरेर बच्चा जिम्मा लगाउने भनेका थिए । ‘पछि एकचोटि प्रधानमन्त्री कार्यालयमा गएर सोधौं, अनि दिउँला भन्न थाले,’ अधिकारीहरू भन्छन्, ‘यो झन्झट हुन्छजस्तो लाग्या थिएन । एउटी आमाले छोरी खोज्दा प्रधानमन्त्री कार्यालयलाई कस्तो अनौठो चासो ?’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया