Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
donकाठमाडौं- राजनीतिक दबाबले रोकिएको पाँच डनको सम्पत्ति अनुसन्धान प्रतिवेदन फाइल शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग पुगेको छ। गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनाङे, चक्रे मिलन र अभिषेक गिरीको अनुसन्धान नेपाल प्रहरीले शुक्रबार विभाग पठाएको हो। स्रोतका अनुसार अनुसन्धानबाट यी सबैको नाममा देखिएका करोडौं सम्पत्तिको स्रोत खुल्न नसकेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले औपचारिक रुपमा विभागलाई बुझाएको हो।
राजनीतिक दबाबका कारण रोकिएको फाइल सरकार परिर्वतन भएको दोस्रो दिन नै विभाग पुगेको छ। स्रोतका अनुसार गृहमन्त्री माधवप्रसाद घिमिरेले शुक्रबार प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई अनुसन्धान सकिएको फाइल तत्काल विभागमा पठाएर कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि तत्कालै प्रहरीले फाइल पठाएको थियो।
प्रहरीले दुई वर्ष अगाडिबाट सुरु गरेको अनुसन्धान प्रक्रिया करिब पाँच महिनाअघि सकिएको थियो। तर, अनुसन्धान दायरामा रहेकाहरुको उच्च राजनीतिक दबाबका कारण विभागले तत्काल अनुसन्धान प्रतिवेदन लिन मानेको थिएन।
विभागले तोकेको अनुसन्धानको समय सकिएपछि ब्युरोले फाइल माग्नुको साटो म्याद थप्ने प्रयास गरेको थियो। विभागले तोकेको २ सय १५ दिनको म्याद सकिएपछि विभागका अधिकारीले प्रहरीलाई म्याद थप्ने प्रक्रिया अगाडि बढाएको थियो।
स्रोतका अनुसार विभागका अधिकारीले प्रहरी प्रतिवेदनका आधारमा गणेश लामाबाट मुद्दा प्रक्रिया सुरु गर्ने भएको छ। करिव एक वर्षदेखि विभागसँग समन्वय गरेर ब्युरोले लामाको सम्पत्तिको फेहरिस्त र त्यसको स्रोतको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान सकाए पनि दबाबका कारण विभागले फाइल लिन मानेको थिएन।
प्रहरीले प्रारम्भमा लामाको सम्पत्तिको अनुसन्धान सकाएको थियो। तर, बाबुराम भट्टराई नेतृत्वको सरकारका गृहमन्त्री विजयकुमार गच्छदारको दबाबले उनीविरुद्धको अनुसन्धान फाइल विभागसम्म पुग्न सकेको थिएन। आफू अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका लामालाई जोगाउन उनले ब्युरोका अधिकारीलाई पटक-पटक दबाब दिएका थिए।
अनुसन्धानमा लामाले आपराधिक गतिविधिबाट १७ करोड अवैध आम्दानी गरेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले लामा, उनको परिवार र निकटका नाममा रहेका विभिन्न सम्पत्तिमध्ये १७ करोडको स्रोत खुल्न सकेको छैन। विभागले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी प्रक्रियाका लागी लामाको फाइल सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिसकेको छ।
काभ्रे, खहरेपा”गुका लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोलपम्प र जग्गामा प्रशस्त लगानी रहेको अनुसन्धान प्रतिवेदनमा छ। लामा, उनका बाबु, श्रीमती, भाइ र केही आफन्तका नाममा रहेको सम्पत्ति विवरणमा लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय रोपनी बढी जग्गा फेला परेको थियो।
उनको नाममा सिरुवा निर्माण कम्पनी, मेलम्ची क्रसर उद्योेगलगायत व्यापारिक फर्म दर्ता छ। कोटेश्वरमा उनको नाममा जिएलएन आयल स्टोलमा ५ लाख लगानी र पुरानो बानेश्वरमा उनको भाइका नाममा न्यु लक्ष्मी आयल स्टोलमा पा”च लाख लगानी देखिएको थियो।
अनुसन्धानमा लामाको सम्पत्ति रूपा लिम्बूको नाममा समेत रहेको खुलेको छ। लिम्बूको नाममा रहेको जग्गा उनले पछि चन्द्र घिसिङको नाममा सारेको अनुसन्धानमा खुलेको छ। अनुसन्धानमा पर्शुराम बस्नेतको यातायात क्षेत्रमा मात्र नभई भेंडेटार क्षेत्रमा करोडौ”को प्लटिङ जग्गा भेटिएको अनुसन्धानमा फेला परेको थियो।
विराटनगरका बस्नेतले एमालेको प्रभावको प्रयोग गरेका थिए। उनी युवा संघ नेपालका केन्द्रीय सदस्य हुन्। अनुसन्धानकर्ताले पर्शुरामको नगद मौज्दात धेरै खुलाउन सकेको छैन। उनी र उनका सहयोगी मुकेश बस्नेतका नाममा मोरङमा ४२ रोपनी जग्गा खुलेको छ। मोरङमा उनको श्रीमती र सहयोगीका नाममा घर तथा जग्गा खुले पनि अनुसन्धान अगाडि नै बिक्री गरिसकेको भेटिएको थियो। पर्शुराम र उनको सहयोगीका नाममा एडजोन एड्भरटाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा फेला परेको छ।
प्रहरीको अनुसन्धान अगाडि मनाङेले स्वयम्भूको ३१ आना जग्गा बिक्री गरेको देखिएपछि प्रहरीले त्यसलाई समेत अनुसन्धानमा राखेको थियो। प्रहरीले अनुसन्धान सुरु गरेलगत्तै पा”चैजनाको चल/अचल सम्पत्ति रोक्का गराएको थियो।
ठमेलको कवाडी सामानको व्यापार, वीरगन्जमा ट्रान्सपोर्टमा समेत मनाङेको लगानी रहेको खुलेको थियो। उनले सबै सम्पत्ति वैध भएको दाबी गरे पनि ठमेलको एक होटलमा उनको नाममा ६० करोड बढी लगानी रहेको अनुसन्धानमा देखिएको थियो।
नुवाकोटको ककनीमा करिब ३ करोडबराबरको ७८ रोपनी जग्गा समेत फेला परेको थियो। उनको गोसाइँकुण्ड क्रसर रोडा ढुंगाको नाममा मकवानपुरमा १४ कट्ठा जग्गा देखिएको छ। उनको नाममा गोसाइकुण्ड क्रसर, ओम मल्टिप्रपोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगा रोडामा लगानी देखिएको थियो।
अन्य तीनजनाको तुलनामा चक्रेको सम्पत्ति कम मात्र खुलेको छ। स्रोतका अनुसार उनको नाममा काठमाडौंमा उनको नाममा सात आना जग्गा देखिएको छ। उनको परिवारको नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा, बैंकमा दुई लाख ४८ हजार रुपैया” र परिवारको सदस्यका नाममा करिब दुई लाख रकम खुलेको छ।
अनुसन्धानमा अभिशेष गिरी, उनको परिवार र निकटको नाममा खुलेको करोडौं चलअचल सम्पत्तिको स्रोत नखुलेको प्रतिवेदनमा उल्लेख छ।
स्रोतका अनुसार लोकबहादुर श्रेष्ठ, कविन शाक्य, ज्ञानेन्द्र श्रेष्ठ र बलराम सापकोटाको सम्पत्ति अनुसन्धान पनि सकिएको छ। ब्युरोले चारैजनाको सम्पत्ति अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया